आइतबार, १५ कात्तिक २०८३
नेपाली

नेशनल लाईफको प्रशिक्षण एवं साँस्कृतिक कार्यक्रम भव्य रुपले सम्पन्न

Main News Image

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको सो कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु लगायत कम्पनीका बरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरु गरी करिब ३०० जनाको उपस्थिती रहेको थियो ।

समुद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रमुख कार्यकारी अधिकृतज्यूले आर्थिक बर्ष २०८३÷८३ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचाङ्कमा उत्कृष्टता हासिल गर्न सफल भएकोमा यस सफलताका लागि सहयोग गर्नुहुने नियमनकारी निकाय, ग्राहक वर्गहरु, अभिकर्ता साथीहरु लगायतं कम्पनीसंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो साथै वहाँले नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गर्दै ग्राहकवर्गहरुलाई अझ वढि सेवा र सुविधा प्रदान गर्न थप जिम्मेवार भएर आआफ्नो स्थानबाट सहयोग गर्दै अघि बढाउन निरन्तर साथ मिल्ने अपेक्षा सहित अभिकर्ता संजाललाई थप मजबुत बनाउने तर्फ कम्पनीको विशेष ध्यान रहने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रकै अन्तर्राष्ट्रिय उपाधी एमडिआरटीको लक्ष्य पुरा गर्नका लागि अपनाउनु पर्ने किृयाकालपहरुको बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्नुहुदै गहन प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमको समापनतर्फ स्ट्याण्ड अप कमेडीयन सुमन कार्कीको कमेडी प्रस्तुती सहित नेपालका चर्चित कलाकारहरु रामचन्द्र काफ्ले र जुनु रिजालको बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने कन्सर्टको मूख्य आरम्भ नेपलाका चर्चित गायक दिपक बज्राचार्य एण्ड रिदम व्याण्डको लाईभ प्रस्तुती र चर्चित डि.जे. डिजे अमुको प्रस्तुतीमा सहभागि अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।



mediabaaji add

सम्बन्धित खबर

लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले बोलायो वार्षिक साधारण सभा

काठमाडौँ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण...

पुँजी बजार ४५ अकंले बढ्योः बैंक तथा वित्तीय क्षेत्रमा चमक !

काठमाडौँ । शेयर बजारमा लगातार उतार–चढाव जारी रहेको छ । मंगलबार बजार झिनो अंकले घटेपनि बुधबार सुधार देखिएको छ । आज बढेपनि हालको उतार चढाब विशेष गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी कडाइको असर मानिएको छ ।

अवैध लगानी नियन्त्रणका लागि ल्याइएका नीतिह...

खाना पकाउने ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने, सञ्चय नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धा...

पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रति लिटर १७२ पर्ने भएको छ भने डिजल मट्टीतेल प्रतिलिटर १...

विद्युत् प्राधिकरणले शहीदपरिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा शहीदभएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको सञ्चालक...

आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको...