बिहिबार, ०१ असोज २०८३
नेपाली

नेशनल लाईफको प्रशिक्षण एवं साँस्कृतिक कार्यक्रम भव्य रुपले सम्पन्न

Main News Image

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको सो कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु लगायत कम्पनीका बरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरु गरी करिब ३०० जनाको उपस्थिती रहेको थियो ।

समुद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रमुख कार्यकारी अधिकृतज्यूले आर्थिक बर्ष २०८३÷८३ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचाङ्कमा उत्कृष्टता हासिल गर्न सफल भएकोमा यस सफलताका लागि सहयोग गर्नुहुने नियमनकारी निकाय, ग्राहक वर्गहरु, अभिकर्ता साथीहरु लगायतं कम्पनीसंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो साथै वहाँले नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गर्दै ग्राहकवर्गहरुलाई अझ वढि सेवा र सुविधा प्रदान गर्न थप जिम्मेवार भएर आआफ्नो स्थानबाट सहयोग गर्दै अघि बढाउन निरन्तर साथ मिल्ने अपेक्षा सहित अभिकर्ता संजाललाई थप मजबुत बनाउने तर्फ कम्पनीको विशेष ध्यान रहने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रकै अन्तर्राष्ट्रिय उपाधी एमडिआरटीको लक्ष्य पुरा गर्नका लागि अपनाउनु पर्ने किृयाकालपहरुको बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्नुहुदै गहन प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमको समापनतर्फ स्ट्याण्ड अप कमेडीयन सुमन कार्कीको कमेडी प्रस्तुती सहित नेपालका चर्चित कलाकारहरु रामचन्द्र काफ्ले र जुनु रिजालको बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने कन्सर्टको मूख्य आरम्भ नेपलाका चर्चित गायक दिपक बज्राचार्य एण्ड रिदम व्याण्डको लाईभ प्रस्तुती र चर्चित डि.जे. डिजे अमुको प्रस्तुतीमा सहभागि अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।



mediabaaji add

सम्बन्धित खबर

पेट्रोल प्रतिलिटर ४ रुपैयाँले घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । निगमको पछिल्लो निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य कम गरिएको हो । आन्तरिकतर्फको हवाइ इन्धनमा निगमले प्रतिल...

नेप्सेमा २७.६४ अंकको गिरावट, ५ अर्ब १५ करोडमा सीमित

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२२ कम्पनीको १ करोड ३४ लाख ३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड माथिको सेयर कारो...

१० अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४५ करोडको कारोबार

काठमाडौँ । बुधबार सेयर बजार १०.३० अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६४८.९० अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २१ अंक बढेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएक...

एकसाताभित्र किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप रु ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले समायोजन गरेको पेट्रोल, डिजेल र मट्टीतेलको नयाँ मूल्य अनुसार आजदेखि पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रत...

हर्मुज जलमार्ग पूर्णरूपमा बन्द हुँदा बीच बाटोबाटै फर्किए तेल ट्याङ्कर

काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै स्थिति पुनः बिग्रिएपछि इरानले तेल आयातका लागि महत्त्वपूर्ण मानिने स्ट्रेटअफ हर्मुज जलमार्ग पूर्णरुपमा बन्द गरेको छ । लेबनानमा इजरायलले गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले य...