बुधबार, ११ कात्तिक २०८३
नेपाली

प्रज्ञा-प्रतिष्ठानमा पुस्तकालयको महत्त्व र पठनसंस्कृति बारे विमर्श सम्पन्न !

Main News Image

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी तथा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन” स्मारिका–२०८२ को लोकार्पण कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्न भएको थियोे ।

       नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्घाटन तथा स्मारिकाको लोकार्पण गर्दै ' मान्छेको सभ्यता ,संस्कृति ,श्रम र सामूहिक ज्ञानका लागि पुस्तकालय जरुरी रहेको बताउनु भएक‍ो थियो ।उहाँले 

पठनसंस्कृतिको प्रभाव पुस्तक र पत्रपत्रिकाभन्दा पनि अहिले डिजिटल माध्यम प्रभावकारी देखिन थालेको छ ।त्यसैले पठनपाठन संस्कृति र ज्ञान प्रणालीलाई छापा र डिजिटल दुवै माध्यमसँग जोडेर अघि बढ्दै 

पुस्तकालयको प्रबर्द्धन गर्नुपर्ने बताउनुभएको थियोे ।

        नेपाल लाइब्रेरी फाउन्डेसनका कार्यकारी निर्देशक यज्ञराज भट्टले 'पठनसंस्कृति विकासमा सामाजिक दायित्व” विषयक

कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि हाम्रो लघुकथा केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठले सटिक र विश्लेषणात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। 

        नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले पुस्तकालयको महत्त्व दर्साउँदै पठनसंस्कृति आआफ्नो आवश्यकताअनुसार हुने तर्क राख्नुभएको थियोे। उहाँले नेपाली भाषा र वर्णनविन्यास लेखनबारे एकरूपता कायम गर्ने गरी अनुसन्धान हुन थालेको कुरा धन्यवाद मनतव्यमा राख्नुभएको थियोे ।

      सभाध्यक्ष,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य समालोचना र साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले गर्नुभएको थियो। उहाँले छापामाध्यममा पठनसंस्कृति कम हुँदै गएर डिजिटल पठनसंस्कृतिको प्रभाव बढिरहेको छ।एकसाथ दुवै माध्यमको पठनसंस्कृतिमा पाठकलाई आकर्षित गर्ने गरी अघि बढ्नुपर्ने कुरा कार्यक्रम समापन मनतव्यमा बताउनुभएको थियोे ।

     नेपाल लाइब्रेरी एसोसिएसनका अध्यक्ष पुष्पराज सुवेदीले ''शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन स्मारिका–२०८२” का बारेमा टिप्पणी गर्नुभएको थियोे।

      नेपाल लाइब्रेरी फाउन्डेसनका अध्यक्ष डा. छायादत्त न्यौपानेले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राख्दै पुस्तकालय ज्ञान र अध्ययनको स्रोत भएकाले घरघरमा पुर्याउन जोड दिनुभएको थियोे ।कार्यक्रममा फाउन्डेसनका सल्लाहकार केशवप्रसाद पराजुलीका साथै सहभागीका

 तर्फबाट भगवानचन्द्र ज्ञवाली ,

 विक्रममणि त्रिपाठी ,अच्युतप्रसाद पौडेल चिन्तन,दुर्योधन बस्नेत ,शान्ता काफ्ले,सिर्जना सरोबर ,प्रेमराज अधिकारी लगायतले प्रश्न तथा जिज्ञासा प्रस्तुत गर्नुभएको थियोे ।

        फाउन्डेसनका महासचिव धनकुमार श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियोे। फाउन्डेसनका सचिव शेखर अर्यालले कार्यक्रमको उद्घोषण गर्नुभएको थियो।कार्यक्रममा प्राज्ञ, लेखक, पुस्तकालयकर्मी, शिक्षक, विद्यार्थी तथा जिज्ञासुहरूको उपस्थिति रहेको थियोे।

©समाचार सम्प्रेषण प्राज्ञ चेतनाथ धमला

mediabaaji add

सम्बन्धित खबर

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ राईलाई प्रदान गरिने

काठमाण्डौँ । मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गर्ने निर्णय गरेको छ । राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल मदन भण्डारीको जीवन’ लाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको फाउण्ड...

भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !


• दुर्बिन शर्मा 'विवेक'

भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

     कार्यक्रमको सञ्चालन एकेडेमीका रा...

कवि तेजप्रकाश श्रेष्ठको नयाँ कृति ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक

काठमाडौँ। अग्रज साहित्यकार तथा कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक गरिएको छ । ठमेलस्थित चिवहालमा आयोजित कार्यक्रममा भुवनहरि सिग्देल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा।डा। कपिल लामिछाने, छविरमण सिलवाल, प्रदीप सापकोटा र...

नेपाल साहित्यिक पत्रकार सङ्घको २०औँ वार्षिकोत्सवमा संस्थापक अध्यक्ष सिलवाल,राई र सुमीलाई सम्मान समर्पण !

काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो २०ओैँ वार्षिकोत्सव राष्ट्रिय साहित्यिक पत्रकारिता दिवस,राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान तथा अन्तरक्रिया नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजना गरी सम्पन्न गरेको छ । प्रम...

साहित्य सन्ध्याको ४७८औँ शृङ्खला सम्पन्न, आर्थिक-सामाजिक अवस्था समेट्न साहित्यकारलाई आग्रह

काठमाडौँ । साहित्य सन्ध्याको ४७८औँ नियमित मासिक शृङ्खलामा शनिबार ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयक छलफल तथा कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर डा। दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान आर्थिक अवस्थाको विश्ले...

जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन

काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलनबाट सांस्कृतिककर्मी तथा कवि भीम कुमाखी संयोजक र अष्ट लामा सहसंयोजकमा चयन हुनुभएको छ । सम्मेलनले ५१ सदस्यीय कार्यालय टिम, सचिवालय, केन्द्रीय समिति तथा ४५ सदस्यीय प्राज्ञिक परा...