अमेरिकामा नेपालीको भविष्य अन्योलमा, करिब सात हजार नेपाली निर्वासनको जोखिममा
काठमाडौँ । एक दशकअघि भूकम्पको त्रासदीबाट जोगिन अमेरिका पुगेका हजारौँ नेपाली अब कानुनी अस्तित्व गुमाउने जोखिममा परेका छन् । अमेरिकी संघीय पुनरावेदन अदालतको पछिल्लो आदेशपछि टीपीएसअन्तर्गत संरक्षण पाउँदै आएका करिब सात हजार नेपाली नागरिकको बसाइँ संकटमा परेको हो ।
अदालतले सरकारलाई टीपीएस समाप्ति प्रक्रिया अघि बढाउन रोक नलगाउने निर्णय गरेपछि यी नेपालीहरू निर्वासनको सम्भावनासँग जुध्न बाध्य भएका छन् । यस निर्णयले ट्रम्प प्रशासनले अघि सारेको आप्रवासन कडाइलाई कानुनी बल दिएको विश्लेषकहरूको भनाइ छ ।
नेपालमा सन् २०१५ को विनाशकारी भूकम्पपछि अमेरिकाले मानवीय आधारमा नेपालीलाई टीपीएस सुविधा दिएको थियो । यही आधारमा उनीहरूले अमेरिका बसेर काम गर्न पाएका थिए । तर वर्षौँसम्म नवीकरण हुँदै आएको यो सुरक्षा अब अन्त्यतर्फ उन्मुख देखिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आणविक परीक्षण शुरू गर्न सकिने ट्रम्पको सङ्केतले थपियो चिन्ता
काठमाडौँ । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न सहयोग गर्दै आएको यो व्यवस्था कमजोर बन्दै जाँदा अन्तर्राष्ट्रिय सुरक्षा कवचहरू खस्किँदै गएको व...
इरानको स्पष्ट अडान : अधिकार सुरक्षित नभई अमेरिकासँग कुनै सम्झौता हुँदैन
तेहरान । अमेरिका र इरानबीच हुन सक्ने भनिएको सम्भावित सम्झौतालाई लिएर अनिश्चितताको बादल फेरि गहिरिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसामु नयाँ र निकै कडा प्रस्तावहरू अघि सारेको चर्चा चलिरहेका बेला तेहरानले भने आफ्ना अधिकारहरू पूर्...
इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार
काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्प देशको मध्यावधि निर्वाचनपछि इरानविरुद्ध हवाई आक्रमण पुनः सुरु गर्न चाहन्छन् । इरानका अधिकारीहरूले...
माडागास्करमा जेनजी युवाले ल्यायो नयाँ मोड‘
काठमाडौँ । हिन्द महासागरको टापु राष्ट्र माडागास्करमा राष्ट्रपति एन्ड्री राजोएलिना विरुद्ध युवा पूस्ता जेनजी युवाले गर्दै आएको प्रदर्शन झन्(झन् चर्किंदै गएपछि राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भा...
हर्मुज खोल्ने मागमा चीन-रूसको भिटो, राष्ट्र संघको प्रस्ताव अस्वीकार
काठमाण्डौँ । इरान संकटको बीचमा संयुक्त राष्ट्र संघमा हर्मुजको नाका खोल्ने प्रस्ताव पारित हुन सकेन । रूस र चीनले यसलाई भिटो गरे । मिडिया रिपोर्टका अनुसार प्रस्तावमा कुनै सैन्य कारबाहीको लागि आह्वान गरिएको थिएन । यो प्रस्ताव बहराइनले पेश गरेको थियो।...
डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्सको निधन
काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनी ९७ वर्षका थिए । कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले वाटसनको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । वाटसनले त्यहाँ धेरै दशकदेखि क...



