बसले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका दुवैको खुल्यो पहिचान
काठमाण्डौँ । कपिलवस्तुमा बसले मोटरसाइकलाई ठक्कर दिँदा मृत्यु भएका दुवैको पहिचान खुलेको छ । आइतबार बिहान १ बजे शुद्धोधन गाउँपालिका(६ बिमियाको हुलाकी सडक खण्डमा लुप्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।
मृतकहरू यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइ रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्रकुमार सिंहले जानकारी दिए । दुर्घटना हुँदा मोटरसाइकल सर्जुले चलाएका थिए। सर्जु र रामबहादुर नजिकका आफन्त पनि हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
लामो दुरी चल्ने गाडीमा जीपीएस जडान
काठमाडौँ । ट्राफिक प्रहरीले बुधबारदेखि लामोदुरी चल्ने गाडीमा जीपीएस जडान गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेको छ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र गुड्ने सवारी साधनमा सीसीटिभी तथा ड्याशबोर्ड क्यामेरा जडान सुरु गरेको छ ।
यातायात व्यवसायीहरूसँगको...
बझाङको कोट्देवल केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प
बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित कोट्देवललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४:४० बजेको समयमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
उक्त भूकम्पको कम्पन बझाङक...
धेरै भारी वर्षा/हिमपातको पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । यस साताको अन्त्यमा देशमा धेरै भारीसम्म वर्षाको पूर्वानुमान छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका...
सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
सर्लाही । सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका १३ स्थित बाके(संग्रामपुर सडकखण्ड अन्तर्गत ठिल्ला नजिक बुधबार साँझ तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृ...
आज देशका अधिकांश स्थानमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।...
पोखरा-दुबई नियमित उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबीच छलफल
कास्की । आगामी सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन लागेको पोखरा दुबई हवाई उडान सेवालाई व्यवस्थित र दीर्घकालीन बनाउने विषयमा पर्यटन व्यवसायी तथा फ्लाइ दुबईका प्रतिनिधिहरूबीच पोखरामा महत्वपूर्ण संवाद भएको छ ।
पोखरा उ...



