नेप्से परिसूचक २६.०७ अंकले घट्यो, ११ अर्ब ९७ करोडको कारोबार
काठमाडौँ । साताको दोस्रो दिन आज सेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८ अंकमा झरेको हो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ ।
सोमबार ४८ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै उपसूचक ओरालो लागेका छन्। उक्त समूहको सूचक भने ०.२५ प्रतिशतले बढेको छ ।
क्षेत्रगत रूपमा बैंकिङ १.६१ प्रतिशत, विकास बैंक ०.८४ प्रतिशत, फाइनान्स ०.७१ प्रतिशत, होटल तथा पर्यटन ०.२६ प्रतिशत, लगानी १.५२ प्रतिशत, जीवन बीमा ०.९४ प्रतिशत, माइक्रोफाइनान्स ०.७५ प्रतिशत, निर्जीवन बीमा ०.४५ प्रतिशत, अन्य १.०९ प्रतिशत तथा व्यापार समूह ०.२१ प्रतिशतले घटेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
अरुण नदीको सतिघाटमा पाँच महिनापछि फेरी पुनःसञ्चालन
भोजपुर । उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीक...
पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल रू आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा रू छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थित...
जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेलाई कारबाही गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ुट्रबलसुटरु को काम गरिरहेको बताएका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधा...
नगद कारोबारको सीमा ५ लाख कायम, १० लाखको व्यवस्था खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्ने व्यवस्था गरेको हो । यसअघि १० लाखसम्म रहेको नगद कारो...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार २ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थिय...



