रसुवाको चिलिमे टनेलमा फसेकाहरूको खोजी जारी : लेदो र भग्नावशेष हटाउन रातभर खटियो उद्धार टोली
रसुवा । रसुवास्थित चिलिमे टनेल क्षेत्रमा फसेका मजदुर तथा प्राविधिकहरूको खोजी र उद्धारका लागि रातभर काम जारी राखिएको छ। उद्धार टोलीले रातभरी नै सुरुङ नजिक जम्मा भएको लेदो, माटो तथा ठूला भग्नावशेषहरू हटाउने कार्यलाई निरन्तरता दिएको हो ।
एक्साभेटर लगायतका भारी उपकरणहरूको प्रयोग गरी टनेल प्रवेश गर्ने मुख्य बाटो खुलाउने प्रयास निरन्तर भइरहेको छ । प्रतिकूल मौसम र ठूलो मात्रामा थुप्रिएको लेदोका बीच पनि सुरक्षा निकाय र उद्धार टोलीले रातदिन नभनी काम गरिरहेका छन् । रातिको समयमा समेत उद्धारकर्ताहरू टनेलभित्र प्रवेश गर्ने सम्भावित बाटो बनाउन निरन्तर जुटिरहेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निष्कासन गर्ने
काठमाडौँ । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले ‘आइपिओ’ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी रु ५० करोड रहे...
पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्यास भने महँगियो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणालीअनुसार समायोजन गर्दै पेट्रोल र डिजेलको भाउ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज शुक्रबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको हो ।
नयाँ दररेटअनुसा...
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १५३ रुपैयाँ पार, अरू कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
यस्तै प्रमुख युरोपेली मुद्राहरू...
आजदेखि सोलु हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ । सोलु हाइड्रोपावरले आज पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...
जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेलाई कारबाही गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ुट्रबलसुटरु को काम गरिरहेको बताएका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधा...
सामान्य अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब ६८ करोडको कारोबार
काठमाडौँ । साताको पाचौं अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार ४९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोडको सेयर कारोब...



