प्रेमको स्पन्दन दिने चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक
काठमाडौँ । प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना ‘’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा शब्द सुमन तामाङको रहेको छ भने सङ्गीत सुमन र केहरको रहेको छ। अडियो प्रोडक्सन तथा मिक्सिङ मास्टरिङ एस्थर रिजनको रहेको छ।
गीतको गायन शैली, शब्द तथा दृश्यात्मक प्रस्तुतीकरणमा प्रेमिल भावनालाई सुन्दर ढङ्गले उतारिएको छ। युवा जोडी आकृति राजभण्डारी र अबिषेक खड्काबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण मुडले गीतलाई अझ जीवन्त र प्रभावशाली बनाएको छ। यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल ‘’को सफलतापछि नयाँ गीतप्रति पनि दर्शकले उत्तिकै चासो दिने अपेक्षा गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
अहिलेको परिवर्तनको श्रेय माओवादी जनयुद्धलाई जान्छ : दीपकराज गिरी
काठमाडौँ । कलाकार दीपकराज गिरीले अहिले संसदमा महिला, दलित तथा उत्पीडित वर्गको उल्लेख्य प्रतिनिधित्व हुनु माओवादी जनयुद्धको परिणाम भएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले वर्तमान राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका रहेको उल्लेख गरेका...
गीतकार राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
काठमाडौँ । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीत ओजिलो बनेको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत...
भारतीय अभिनेता प्रदीप रावत रहेनन्
काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हो । मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनको निधन भएको भारतमा रहेकी अभिनेत्री विपना थापाले जानकारी दिइन्।
७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...
यस्तो छ तीन चलचित्रको व्यापार
काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार...


