शुक्रबार, २६ भदौ २०८३
नेपाली

संघीय सत्ताबाट अपदस्त एमाले प्रदेशबाट पनि लखेटिँदै

Main News Image

काठमाडौँ । जेनजी आन्दोलनपछि केन्द्र सरकारबाट बाहिरिएको एमाले अब प्रदेश सरकारहरू पनि गुमाउने अवस्थातर्फ पुगेको छ । कांग्रेसले एमालेसँगको सहकार्य अन्त्य गर्दै नेकपासँग नयाँ सत्ता समीकरण बनाउन थालेपछि कर्णालीबाट सरकार परिवर्तनको प्रक्रिया सुरु भएको छ भने अन्य प्रदेशमा पनि नयाँ गठबन्धनको सम्भावना बढेको छ ।

एमालेले अहिले कोशी, लुम्बिनी र कर्णाली प्रदेशको नेतृत्व गरिरहेको छ । कांग्रेस–नेकपा समीकरण सफल भए यी प्रदेशहरूमा पनि एमाले सत्ताबाट बाहिरिन सक्छ । सुदूरपश्चिम र बागमतीमा पनि सत्ता फेरबदलका गतिविधि तीव्र बनेका छन् । यसबीच एमाले अध्यक्ष केपी ओलीले आवश्यक परे प्रदेश सरकारबाट हट्न तयार रहेको संकेत दिएका छन् । उनले तीन दल मिलेर सरकार सञ्चालन गर्नुपर्ने पक्षमा आफूहरू रहेको दोहोर्याउँदै परिस्थितिअनुसार प्रतिपक्षमा बस्न पनि तयार रहेको बताए ।

mediabaaji add

सम्बन्धित खबर

काठमाडौं उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन १० प्रतिज्ञा पत्र सार्वजनिक

काठमाडौँ । संघीय राजधानी काठमाडौं उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौं उपत्यका विकास प्रतिबद्धता पत्र भिजन १० सार्वजनिक गरिएको छ । काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच महामन्त्री प्रदीप पौ...

जाँचबुझ आयोगको समयावधि थप, तथ्याङ्क सङ्कलनको आदेश स्वीकृत

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित उक...

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६...

जेन-जी विद्रोहका फौजदारी मुद्दा फिर्ता लिन कार्यदल बनाउने गृहमन्त्री गुरुङको घोषणा

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै जेन–जी आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने प्रक्रिया अगाडि बढाउने घोषणा गरेका छन् । मन्त्रालयमा पदभार सम्हाल्दै उनले यस विषयमा अध्ययन गरी ठोस सिफारिस गर्न एक विशेष क...

जेनजी आन्दोलन प्रतिवेदन: २३ गतेको गोलीकाण्डमा सुरक्षा संयन्त्र कठघरामा, २४ गतेको घटनामा आयोग मौनजस्तै

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरि बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन मुख्यतः भदौ २३ मा नयाँबानेश्वर क्षेत्रमा भएको झडप र गोलीकाण्डतिरै केन्द्रित देखिएको छ। आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई बुझाइएको प्...

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौँ : मन्त्री परियार

पर्सा । कृषि तथा पशुपन्छी विकास डा मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताएका छन् । शनिबार पर्सा र बाराका कृषि र प...