जेनजी प्रदर्शनमा बल प्रयोग : बयानका लागि तत्कालीन गृहमन्त्री लेखकलाई पत्राचार
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ । प्रशासनिक र सुरक्षा नेतृत्वसँग बयान सकिएपछि आयोगले राजनीतिक तहको बयान प्रक्रिया सुरु गरेको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई आयोगमा उपस्थित हुन पत्र पठाइएको छ। पत्रमा सात दिनभित्र आयोगमा आएर बयान दिन भनिएको छ ।
प्रवक्ता शर्माले आन्दोलनका समयमा प्रशासन र सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान सकिएपछि राजनीतिक नेतृत्वसँग सोधपुछ सुरु गरिएको जानकारी दिए । सोही क्रममा तत्कालीन गृहमन्त्री लेखकलाई पहिलो चरणमा पत्र पठाइएको हो । आयोगका अनुसार तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी भइरहेको छ ।
सरकारले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगलाई सुरुमा तीन महिनाको म्याद दिइएकोमा पछिल्लो पटक सरकारले एक महिना थप गरेको छ । कार्की नेतृत्वको आयोगले तोकिएको समयभित्र तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखकसहित केही राजनीतिक व्यक्तिको बयान लिन बाँकी रहेको जनाएको छ । यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले भने गृहमन्त्री लेखकसँग सोधपुछ सकेर सुरक्षा परिषद्का सदस्य रहेका तत्कालीन मन्त्रीहरूसँग बयान लिन सुरु गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डल’ले सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत उनल...
भदौ २३ र २४ को घटनाका दोषीलाई कारवाही गर्न जेन-जी टु को माग
काठमाडौँ । जेनजी युवाको एक समूहले भदौ २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारवाही गर्न माग गरेको छ । आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा...
सुरू भयो नेपाली कांग्रेसको महाधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनमा सभापति शेरबहादुर देउवाका निकटस्थ नेताहरू पनि सहभागी छन् । देउवानिकट पूर्वउपभापति गोपालमान श्रेष्ठ, संस्थापन पक्षका केन्द्रीय सदस्य तारामान गुरुङ, डिला सङ्ग्र...
हामी निर्वाचन कुरेर बसेका छौँ, सरकारको गतिविधिले आशंका जन्माएको छ : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारको गतिविधि हेर्दा तोकिएकै समयमा निर्वाचन हुनेमा आशंका जन्मिएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका वार्ड नं ४ मा आज स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्...
भारतीय विदेशमन्त्री जयशंकर र गृहमन्त्री सुधन गुरुङबीच नयाँ दिल्लीमा भेटवार्ता
काठमाडौँ । भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ।
भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत भेटको तस्वीर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङसँग भेट्न...
चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज्दा पनि मानिस भेटिएनन् : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र चिनियाँ विशेषज्ञ टोलीले करिब ३ किलोमिटरसम्म खोजी गर्दा पनि अहिलेसम्म मानिस फेला पार्न नसकेको बताएका छन् । भोटेकोशी बाढीपछि सामाजिक सञ्जालमार्फत दैन...



