जेनजी प्रदर्शनमा बल प्रयोग : बयानका लागि तत्कालीन गृहमन्त्री लेखकलाई पत्राचार
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ । प्रशासनिक र सुरक्षा नेतृत्वसँग बयान सकिएपछि आयोगले राजनीतिक तहको बयान प्रक्रिया सुरु गरेको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई आयोगमा उपस्थित हुन पत्र पठाइएको छ। पत्रमा सात दिनभित्र आयोगमा आएर बयान दिन भनिएको छ ।
प्रवक्ता शर्माले आन्दोलनका समयमा प्रशासन र सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान सकिएपछि राजनीतिक नेतृत्वसँग सोधपुछ सुरु गरिएको जानकारी दिए । सोही क्रममा तत्कालीन गृहमन्त्री लेखकलाई पहिलो चरणमा पत्र पठाइएको हो । आयोगका अनुसार तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी भइरहेको छ ।
सरकारले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगलाई सुरुमा तीन महिनाको म्याद दिइएकोमा पछिल्लो पटक सरकारले एक महिना थप गरेको छ । कार्की नेतृत्वको आयोगले तोकिएको समयभित्र तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखकसहित केही राजनीतिक व्यक्तिको बयान लिन बाँकी रहेको जनाएको छ । यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले भने गृहमन्त्री लेखकसँग सोधपुछ सकेर सुरक्षा परिषद्का सदस्य रहेका तत्कालीन मन्त्रीहरूसँग बयान लिन सुरु गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सबै कुरा बिर्सेर बिनासर्त आफ्नो घरमा फर्किन चाहन्छौँ : किसान श्रेष्ठ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःसर्त एमालेमा फर्किन लागेको बताएका छन् । श्रेष्ठ सम्मिलित रामकुमारी झाँक्रीको समूहले आज बबरमहलस्थित होटल बसेरामा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले...
गोरखा १ मा मतगणनामा ढिलाइ
गोरखा । प्रतिकूल मौसमका कारण मतपेटिका संकलनमा ढिलाइ हुँदा गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना अझै सुरु हुन सकेको छैन । उत्तरी गोरखाका दुर्गम क्षेत्रमा रहेका १६ वटा मतदान केन्द्रको मतपेटिका ल्याउन नसकिएका कारण गणना कार्य रोकिएको हो ।
शुक...
एमालेको अभियानमा सहभागिता र संलग्नता अटुट रहिरहनेछ : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी ईश्वर पोखरेलले एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने प्रतिक्रिया दिएका छन् । बिहीबार अन्तिम मत परिणाम सार्वजनिक भएपछि उनले सबै मतदाताहरुलाई धन्यवाद पनि दिएका...
उपसभामुख रुवी ठाकुरले संसद् चलाउन नसकेपछि गङ्गालक्ष्मी अवाललाई जिम्मेवारी
काठमाण्डौँ । संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवी कुमारी ठाकुरको भूमिकामाथि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। संसद बैठक प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लागेपछि केही समयका लागि बैठक सञ्चालनको जिम्मा गंगालक्ष्मी अवालला...
प्रत्यक्षतर्फको मतगणना आज सकिने
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना आज सकिने भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना भने भोलिसम्म सकिने छ । हालसम्म प्रत्यक्षतर्फ १६१ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी चार निर्वाच...
सरकारलाई विप्लवको १० दिने अल्टिमेटम
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले वर्तमान सरकारले जेनजी आन्दोलनको भावना कदर नगरेको भन्दै विरोध जनाएको छ । आज जारी विज्ञप्तिमा नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग १३ बुँदे माग सम्बोधन गर्न दबाब दिएका छन्। उनले अन्तरिम सरकार भङ्ग गरी सर्...



