भोटेकोशीमा तत्काल ठूलो बाढीको सम्भावना छैन, हल्लाको पछि नलाग्न विभागको आग्रह
काठमाडौँ । रसुवा तथा नुवाकोट जिल्लाका हिमताल विस्फोट भई भोटेकोशी नदीमा बाढी आउन सक्ने आशङ्काका बीच जल तथा मौसम विज्ञान विभागले तत्काल त्यस्तो ठूलो बाढी आउन सक्ने सम्भावना नरहेको स्पष्ट पारेको छ । विभिन्न माध्यम र सामाजिक सञ्जालमा फैलाइएका समाचार तथा अफवाहका कारण जनमानसमा त्रास फैलिएपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाशाखारकेन्द्रले शुक्रबार राति एक सूचना जारी गर्दै संयमित रहन सर्वसाधारणलाई अपिल गरेको हो ।
विभागका अनुसार नेपाली अधिकारीहरू चिनियाँ समकक्षी निकायहरूसँग निरन्तर प्रत्यक्ष सम्पर्कमा रहेर जल(मौसमसम्बन्धी प्राप्त सूचनाहरूको अनुगमन गरिरहेका छन्। हालसम्म प्राप्त आधिकारिक तथ्याङ्क र प्राविधिक विश्लेषणका आधारमा हिमताल विस्फोट भई नदीमा तत्काल ठूलो बाढी आउने कुनै सम्भावना नदेखिएको केन्द्रले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७३...
नबिल बैंकले चिनियाँ अदालतमा भएको त्रिशूली जलविद्युतको मुद्दा जित्यो
काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ । चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चार वटा बैंक ग्यारेन्टीबापत ७४...
सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
चाँदीको मूल्य तोलामा १००...
बजेटको मुखैमा हरियालीः कारोबार समेत बढ्यो !
काठमाडौँ । बजेटको मुखमा शेयर बजारमा हरियाली देखिन थालेको छ । आगामी बजेटमार्फत शेयर बजारसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू सम्बोधन हुने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको छ । बजारमा देखिएको पछिल्लो सुधारलाई यही आशासँग जोडेर विश्लेषण गर्न थालिए...
मंगलबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
विदुरको बेत्रावतीमा त्रासदी : बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव फेला
नुवाकोट । रसुवाको माथिल्लो क्षेत्र भोटेकोशी हुँदै आएको त्रिशूली नदीको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिका १०, बेत्रावतीमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। बाढीले पुरेको एउटै घरभित्र लेदोले थिचिएको अवस्थामा २२ जनाको शव फेला परेको छ ।
...



