बुधबार, ३१ भदौ २०८३
नेपाली

१ र २ रुपैयाँका नयाँ सिक्कामा चुच्चे नक्सा हट्ने चर्चा, वास्तविकता के हो ?

Main News Image

काठमाडौँ । मन्त्रिपरिषद्ले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ। यससँगै नयाँ सिक्काबाट चुच्चे नक्सा हटाइने चर्चा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा फैलिएको छ।

राष्ट्र बैंकका अनुसार डिजाइन परिवर्तन भएका सिक्काका लागि सरकारको स्वीकृति आवश्यक पर्ने कानुनी व्यवस्था छ। यद्यपि मन्त्रिपरिषद्को निर्णयको पूर्ण विवरण प्राप्त नभएकाले आधिकारिक रूपमा नयाँ डिजाइनबारे राष्ट्र बैंकले पुष्टि गरेको छैन।

स्रोतका अनुसार नयाँ सिक्काको अगाडिको भागमा रहेको नेपालको चुच्चे नक्साको स्थानमा मुस्ताङस्थित ऐतिहासिक लो घ्याकर ९घार० गुम्बाको चित्र राख्ने तयारी गरिएको छ। यसले हालको नक्सा स्वतः विस्थापित हुने चर्चा भइरहेको छ। यस विषयलाई लिएर सामाजिक सञ्जालमा बहस र आलोचना जारी छ भने सरकार वा राष्ट्र बैंकले अहिलेसम्म नयाँ डिजाइनबारे औपचारिक स्पष्टीकरण सार्वजनिक गरेका छैनन् ।


mediabaaji add

सम्बन्धित खबर

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। आजको बैठकका लागि विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गर्ने सम्भावित कार्य...

निर्वाचन आचारसंहिता-निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारस...

सन्तोष परियारले रास्वपा छाडे

काठमाडौँ । विघटित प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक रहेका नेता सन्तोष परियारले रास्वपा छाडेका छन् । उनले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटोलाई राजीनामा बुझाएका...

पूर्वप्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । बिहीबार बैंककबाट स्वदेश फर्किएका हुन्। उनलाई कांग्रेस नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

कांग्रेसका पूर्वक...

अदालतले न्याय दिएकाले नेपाल फर्कन पाएँ, म हिन्दु हुँ तर सबै धर्मको सम्मान गर्छु : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विगतदेखि नै न्यायालयले न्याय दिँदै आएको र अहिले पनि अदालतकै कारण नेपाल फर्कन सफल भएको बताएका छन्।

काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजि...

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट

काठमाडौँ ।  परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल(अमेरिका द्विपक्षीय सम्बन...