आइतबार, १० साउन २०८३
नेपाली

कुवेतको तेल प्रशोधन केन्द्रमा तेस्रो पटक ड्रोन आक्रमण, मध्यपूर्व तनाव झन् चर्कियो

Main News Image

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वका बीच कुवेतको सरकारी तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएको हो । आक्रमणपछि केन्द्रमा आगलागी भएको थियो भने आपत्कालीन टोलीले स्थिति नियन्त्रणमा लिएको जनाइएको छ। कम्पनीले घटनालाई दुर्भावनापूर्ण आक्रमणको रूपमा व्याख्या गरेको छ ।

मिना अल–अहमदी प्रशोधन केन्द्र मध्यपूर्वकै ठूलोमध्ये एक मानिन्छ, जसले दैनिक करिब ३ लाख ४६ हजार ब्यारेल तेल प्रशोधन गर्ने क्षमता राख्दछ । यसैबीच क्षेत्रीय तनाव थप बढ्दै जाँदा इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको खबर आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिएको केही घण्टामै उक्त आक्रमण भएको जनाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

जापानमा गयो ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते

 काठमाडौँ । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ कम्तीमा चार जना घाइते भएको जनाइएको छ । जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको...

यूएईको दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, यस्तो छ क्षति

दुबई । यूएईको दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् । सहरका अधिकारीहरूले यात्रु र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन् ।...

पाकिस्तानद्वारा अफगानिस्तानमा हमला गर्दा ४०० जनाको मृत्यु

काठमाडौँ । सोमबार राति पाकिस्तानले अफगानिस्तानमा पुनः हवाई हमला गरेको दाबी गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानले राजधानी काबुलका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन् । उक्त आक्रमणमा ४०० जनाको मृत्यु भएको र २५०...

इरानमाथिको तेल प्रतिबन्धमा अमेरिकाको अस्थायी छुट

काठमाण्डौँ । अमेरिका र इरानबीचको दशकौँ लामो तनावपूर्ण सम्बन्धमा महत्त्वपूर्ण कूटनीतिक मोड देखिएको छ । स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा कतार र पाकिस्तानको मध्यस्थतामा जारी वार्तामा अमेरिकाले इरानमाथि लगाउँदै आएको कडा आर्थिक प्रतिबन्धलाई अस्था...

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

काठमाडौँ । महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी एनसीपीका अध्यक्ष अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको चार्टर्ड विमान बिहान करिब ८ः...

शारजाहबाट कराँची उडेको पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन

काठमाडौँ ।  संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाकिस्तान के–टू एयरवेजको कार्गो विमान सम्पर्कविहीन भएको छ। विमानसँग सम्पर्क टुटेपछि पाकिस्तानी नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धार अभिया...