शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

कुवेतको तेल प्रशोधन केन्द्रमा तेस्रो पटक ड्रोन आक्रमण, मध्यपूर्व तनाव झन् चर्कियो

Main News Image

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वका बीच कुवेतको सरकारी तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएको हो । आक्रमणपछि केन्द्रमा आगलागी भएको थियो भने आपत्कालीन टोलीले स्थिति नियन्त्रणमा लिएको जनाइएको छ। कम्पनीले घटनालाई दुर्भावनापूर्ण आक्रमणको रूपमा व्याख्या गरेको छ ।

मिना अल–अहमदी प्रशोधन केन्द्र मध्यपूर्वकै ठूलोमध्ये एक मानिन्छ, जसले दैनिक करिब ३ लाख ४६ हजार ब्यारेल तेल प्रशोधन गर्ने क्षमता राख्दछ । यसैबीच क्षेत्रीय तनाव थप बढ्दै जाँदा इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको खबर आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिएको केही घण्टामै उक्त आक्रमण भएको जनाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

पश्चिम बंगालमा भीषण आगलागी, मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा दुईटा जोडिएका गोदाममा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । धेरै व्यक्ति अझै बेपत्ता भएको सरकारी प्रसारक अल इन्डिया रेडियो एआईआरले जनाएको छ । पश्चिम बंगा...

अमेरिकाबाट ‘डिपोर्ट’ ३५ नेपाली स्वदेश आइपुगे

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरू अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्य...

खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा

काठमाडौँ । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरान सहित धेरै शहरहरूमा आक्रमण गरेको थियो । प्रतिक्रियामा इरानले इजरायल विरुद्ध बदला लिने हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार इरानले बदलामा लगभग ४०० वटा मिसाइल प्रहार गरेको छ ।

इजरायलका सा...

सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

काठमाडौँ । सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि...

माडागास्करमा जेनजी युवाले ल्यायो नयाँ मोड‘

काठमाडौँ । हिन्द महासागरको टापु राष्ट्र माडागास्करमा राष्ट्रपति एन्ड्री राजोएलिना विरुद्ध युवा पूस्ता जेनजी युवाले गर्दै आएको प्रदर्शन झन्(झन् चर्किंदै गएपछि राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भा...

समुद्री घेराबन्दी नहट्ने ट्रम्पको अडान : इरानको तेल निर्यात शून्यमा झार्ने रणनीति

काठमाण्डौा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अर्थतन्त्रलाई पूर्ण रूपमा धराशायी बनाउने उद्देश्यले जारी ‘अपरेशन इकोनोमिक फ्युरी’अन्तर्गत लामो समयसम्मका लागि कडा नाकाबन्दी र समुद्री घेराबन्दी जारी राख्न निर्देशन दिएका छन् ।

ह्वाइट हा...