१० जना भीआईपीलाई ज्यान मार्ने धम्की दिने समूहका तीन जना पक्राउ,प्रमुख आरोपी फिलिपिन्समा, आशंका प्रदीप अधिकारीमाथि
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका तीनजना पक्राउ परेका छन् । उक्त समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ । धम्कीपूर्ण पत्र पठाउने प्रकाश पाठक फिलिपिन्समा रहेको पत्ता लागेको हो ।
उनका तीन जना सहयोगीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका तीनै जनाले आफूहरू प्रकाशको बडिगार्ड भएको बताएका छन्। आफूलाई उग्रवादी समूह ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’को अध्यक्ष भन्ने पाठकले पठाएको पत्रमा अख्तियार प्रमुख राईसहित १० जनाको ज्यान लिने चेतावनी छ ।
उक्त सूचीमा अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा जोडिएका तीन जना पूर्वप्रहरी प्रमुख ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई पनि यस्तो धम्की आएको छ।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पनि चेतावनी दिइएको छ। पाठकले पठाएको पत्रमा कसलाई किन धम्की दिइएको भन्ने कुरा पनि खुलाइएको छ ।
यसरी धम्कीसहितको पत्र अख्तियारमै प्राप्त भएको र भिडिओसमेत सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको छ। चार दिनअघि जाहेरी प्राप्त भएपछि काठमाडौँ प्रहरीसहित विभिन्न युनिटले अनुसन्धान गरिरहेका छन्। यी व्यक्तिहरूको सुरक्षा सतर्कता भने बढाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीविरुद्धको मुद्दामा अनुसन्धान अन्तिम चरणमा पुगेसँगै अख्तियारमा यस्तो धम्कीपूर्ण पत्र आएको हो । धम्क्याउने समूहले पनि यो मुद्दासँग जोडिएका कतिपय विषयवस्तु उल्लेख गरेको भन्दै प्रहरीले ती व्यक्तिहरूलाई अधिकारीले परिचालन गरेको हुन सक्ने आशंका गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
जेनजी मुभमेन्ट नेपालद्वारा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र नभई सुरक्षा निकायका आरोपी व्यक्तिहरूलाई समेत पक्राउ गर्न माग
मिडियाबाजी डटकम काठमाडौँ ।जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र नभई संलग्न सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग...
अख्तियार प्रमुखसहित १० जनालाई धम्की दिने पाठकलाई लिन प्रहरी टोली फिलिपिन्स जाँदै
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० उच्चपदस्थ व्यक्तिलाई ज्यानको धम्की दिने प्रकाश पाठकलाई स्वदेश ल्याउन नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जान लागेको छ ।
फिलिपिन्सले पाठकविरुद्ध निष्कासन प्रक्रिया सुरु...
गोरेलाई थप १० वर्ष कैद, तर सुन काण्डमा संगठित अपराध पुष्टि भएन
मोरङ । मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ । तर, बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने...
इन्स्पेक्टर वाङ्गेल लामा उत्कृष्ट प्रहरी घोषित
काठमाडौँ । प्रहरी निरीक्षक इन्स्पेक्टर वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत लामा परिसर काठमाडौंको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । परिसरका एसएसपी रमेश थापाले लामालाई...
निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमती बिना चलाइएका ९०० सवारी नियन्त्रणमा
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोगको अनुमति पास बिना चलाइएका ९०० सवारीसाधनलाई उपत्यकाका वि...
चाडपर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
काठमाण्डौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वमा चोरी, लुटपाट, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममा...



