पेस्तोलसहित ललितपुरबाट तीन जना पक्राउ
ललितपुर । पेस्तोलसहित ललितपुरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेका दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका घर भई ललितपुर बस्ने २२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राई रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
काठमाडौँ । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई शनिबार नेपाल प्रहरीले हिरासतमा लिएको छ । शनिबार बिहानदेखि माइतीघरमा प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला...
दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन थुनामा राख्न अनुमति
काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि दीपक भट्ट र सुलभ अग्रवालमाथि काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र दुव...
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ११ जनालाई कारबाही
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ११ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने १११, सिसिटि...
प्रहरी ‘अप्रेसन’ चलाउन देशभर परिपत्र, काठमाडौँमा मात्रै १५० जना पक्राउ
काठमाण्डौँ । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टरा...
प्रहरी हुँ भन्दै नक्कली रिभल्वर देखाएर रकम असुल्ने व्यक्ति पक्राउ
काठमाण्डौँ । आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेश प्रताप राणा छन् । उनी हाल ओमसतिया गाउँ...
सशस्त्रमा ६ डीआइजी बढुवा हुँदै
काठमाडौँ । सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक डीआईजीका ६ पद रिक्त भएपछि केही दिनमा बढुवा निकाल्ने तयारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आजै जनकपुर जाने कार्यक्रम भएकाले एकाध दिन ढिलो हुने सशस्त्र प्रहरी बल मूख्यालयले जनाएको छ ।



