तिहार लक्षित सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन
काठमाडौँ । नजिकिँदै गरेका तिहार, दीपावली, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन, झैझगडा, आगलागी तथा पटका र आतसबाजीजन्य गतिविधि नियन्त्रण गर्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभि नारायण काफ्लेका अनुसार चाडपर्वलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन जिल्ला सुरक्षा समितिसँगको समन्वयमा आवश्यक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको हो । उनका अनुसार तिहारका समयमा देउसीभैलो, मेलापात तथा अन्य सांस्कृतिक गतिविधिका क्रममा हुन सक्ने जुवातास, मादक पदार्थ तथा लागुपदार्थ सेवन, होहल्ला र झैझगडालाई नियन्त्रण गर्न प्रहरीको विशेष निगरानी बढाइएको छ। सम्भावित जोखिम भएका क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटीभी, बडी वार्न क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरको प्रयोग गरिने प्रहरीले जनाएको छ। भिडभाड हुने मेला तथा सार्वजनिक स्थानमा ५० भन्दा बढी ड्रोनमार्फत निगरानी गरिनेछ। त्यस्तै, विभिन्न स्थानमा गस्ती, पेट्रोलिङ, चेक प्वाइन्ट, कमान्ड पोस्ट तथा आकस्मिक चेकजाँचको व्यवस्था मिलाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
ओलीको सन्देश : विविधता नेपालको सौन्दर्य र शक्ति हो, एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्यसँगै देशको महत्वपूर्ण शक्ति भएको बताएका छन् । विश्व आदिवासी दिवसको अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्...
‘काम नगर्नेलाई छुट छैन’ भन्ने सुशासनको नयाँ मानक स्थापना गर्दै प्रधानमन्त्री शाह
काठमाण्डौँ । ‘परिवर्तन सम्भव छ’ भन्ने नाराका साथ सिंहदरबार प्रवेश गरेका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकालको सुरुवाती दिनमै शासकीय सुधार र सुशासनका पक्षमा एकपछि अर्को कठोर निर्णय लिन थालेका छन् । पुराना राजनीतिक दलहरूको परम्परागत कार्यशै...
ओलीसँग सार्वजनिक बहसमा सहभागी हुन बालेनद्वारा अस्वीकार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पब्लिक डिबेटका लागि आह्वान गरेपछि बालेनले जवाफ फर्काएका छन्। बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले पुर्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
...१५औं महाधिवेशन तयारी तीव्र : देउवा समूहद्वारा हालसम्म २६ जिल्लामा अधिवेशन सकियो
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत हालसम्म २६ जिल्लामा अधिवेशन सम्पन्न भएको जानकारी दिएको छ। मङ्गलबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता डा। प्रकाशशरण महतले अधिवेशनको प...
योगेश भट्टराई भन्छन्_एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ
ताप्लेजुङ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुनःस्थापना सहितका संवैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन् । संवैधानिक बिषयको निरुपण नहुँदा थप संवैधानिक जटिलता उत्पन्न हुनसक्ने भन्दै उनले सर्वोच्च अदालतल...


