२०८२ सालका सर्वाधिक कमाउने १० नेपाली चलचित्र सार्वजनिक
काठमाडौँ । वर्ष २०८२ नेपाली चलचित्र उद्योगका लागि समग्रमा सफल वर्ष बनेको छ । चलचित्र विकास बोर्डका अनुसार गत वर्ष ५७ नेपाली चलचित्र प्रदर्शन भए । बक्सअफिस तथ्याङ्कअनुसार परान ले घरेलु बजारमा १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी कमाउँदै शीर्ष स्थान हासिल गरेको छ ।
दोस्रो स्थानमा आ बाट आमा र तेस्रोमा जेरी अन टप रहेका छन् । त्यसैगरी उनको स्वीटर चौथो स्थानमा रहँदा सूचीमा ‘जारी २’, ‘बलिदान’, ‘मोहर’, ‘हरिबहादुरको जुत्ता’, ‘माग्ने राजा’ र ‘माइतीघर’ पनि शीर्ष १० मा परेका छन् । कुल मिलाएर गत वर्ष नेपाली चलचित्रमा स्टार कलाकारसँगै कथावस्तुमा आधारित फिल्महरूले राम्रो व्यापार गरेको विश्लेषकहरूको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
‘लालीबजार’ प्रदर्शनमा रोक : बादी समुदायको अपमान आरोपपछि अदालतको अन्तरिम आदेश
काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएको छ । बादी समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले वैशाख २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
...



