शनिबार, २७ भदौ २०८३
नेपाली

विदुरको बेत्रावतीमा त्रासदी : बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव फेला

Main News Image

नुवाकोट । रसुवाको माथिल्लो क्षेत्र भोटेकोशी हुँदै आएको त्रिशूली नदीको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिका १०, बेत्रावतीमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। बाढीले पुरेको एउटै घरभित्र लेदोले थिचिएको अवस्थामा २२ जनाको शव फेला परेको छ ।

बाढी आएको छैटौँ दिन सोमबार खोजी तथा उद्धारका क्रममा सुरक्षाकर्मीको टोलीले उक्त घरभित्र एकै ठाउँमा २२ वटा शव फेला पारेको हो । सोमबार टोलीले लेदो पन्छाएर ६ वटा शव बाहिर निकालेको छ भने बाँकी १६ वटा शव मंगलबार बिहान निकालिने भएको छ ।

बाढीको वितण्डा सुरु भएपछि ज्यान जोगाउन ती मानिसहरू सुरक्षित स्थान ठानेर सोही घरमा भेला भएको अनुमान गरिएको छ। धेरै दिनसम्म हिलो र लेदोमा पुरिएका कारण फेला परेका शवहरू पहिचान गर्नै नसकिने अवस्थामा पुगेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

‘सम्पत्ति छानबिन आयोग’ ले थाल्यो काम, उच्च पदस्थको सम्पत्ति सरकारी निगरानीमा

काठमाडौँ । भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्ने मुख्य उद्देश्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ ले औपचारिक रूपमा आफ्नो कार्य प्रारम्भ गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठित पाँच सदस्यीय उ...

सुनको मूल्यमा उच्च वृद्धि, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन आज तोलामा एकैदिन पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँ...

क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

काठमाडौं। सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७...

शनिबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपिय...

बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्...