इरान तनावबीच ट्रम्प प्रशासनद्वारा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त
काठमाडौँ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनमा इरानसँगको बढ्दो तनाव र आन्तरिक राजनीतिक दबाबका बीच व्यापक हलचल देखिएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले प्रशासनभित्र ‘सफाइ’ अभियान तीव्र बनाएका छन् । इरानसँगको तनाव चर्किंदै जाँदा ट्रम्पले आफ्नै विश्वासपात्र उच्च अधिकारीहरूलाई समेत पदमुक्त गर्न थालेका छन्। द एटलान्टिकका अनुसार अबको निशानामा काश पटेल र तुलसी गबार्ड पर्न सक्ने संकेत गरिएको छ ।
रक्षा मन्त्री पीट हेगसेथले र्यान्डी जर्जलाई अनिवार्य अवकाश लिन निर्देशन दिएका छन् । उनको स्थानमा क्रिस्टोफर ला नेभले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने बताइएको छ । यसैगरी, महान्याधीवक्ता प्याम बन्डीलाई पनि पदबाट हटाइएको जनाइएको छ । ‘एपस्टाइन फाइल्स’ सम्बन्धी मुद्दा प्रभावकारी रूपमा अगाडि नबढाएको र महत्त्वपूर्ण तथ्य सार्वजनिक नगरेको आरोप उनीमाथि लगाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय
इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ । यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल...
अमेरिकी संसद्ले खारेज गर्यो इरानविरुद्ध आक्रमण रोक्ने प्रस्ताव, ट्रम्पलाई बाटो खुला
काठमाण्डौँ । इरानविरुद्ध थप सैन्य आक्रमण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रोक्न पेस गरिएको प्रस्ताव अमेरिकाको संसद् कंग्रेसले खारेज गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रस्तावका पक्षमा ४७ सांसद उभिँदा विपक्षमा ५३ मत परेका हुन् । <...
जापानमा गयो ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते
काठमाडौँ । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ कम्तीमा चार जना घाइते भएको जनाइएको छ । जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको...
बंगलादेशमा फेरि प्रदर्शन चर्कियो
काठमाडौँ । बंगलादेशमा लोकप्रिय विद्यार्थी नेता सरिफ ओस्मान हादीको निधनपछि देशभर प्रदर्शन चर्किएको छ । स्थिति नियन्त्रणबाहिर जान थालेपछि शुक्रबार ढाकासहित विभिन्न क्षेत्रमा प्रहरी र अर्धसैन्य दस्ता परिचालन गरिएको छ । बिहीबार राति देशका विभिन्न स्था...
इरानमाथि अमेरिकी दबाब बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट !
काठमाण्डौँ । इरानमाथि अमेरिकी आर्थिक दबाब थप कडा हुने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेल बजारमा गिरावट देखिएको हो । अन्तर्राष्ट्रिय...



