वार्ता असफल भएपछि होर्मुज सदाका लागि बन्द गरिदिने ट्रम्पको धम्की
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको स्ट्रेट अफ होर्मुज सदाका लागि बन्द गर्न सकिने चेतावनी दिएका छन् । इरानले अवरोध नहटाए अमेरिकाले नै उक्त समुद्री मार्ग बन्द गर्ने प्रक्रिया अघि बढाउने संकेत उनले दिएका हुन् ।
इस्लामाबादमा भएको २१ घण्टे वार्ताबाट कुनै निष्कर्ष ननिस्किएपछि ट्रम्पले यस्तो चेतावनी दिएका बताइएको छ। उनले सामाजिक सञ्जालमार्फत विश्वकै शक्तिशाली अमेरिकी नौसेनाले होर्मुज बन्द गर्ने प्रक्रिया अघि बढाउन सक्ने उल्लेख गरेका छन् । सबै जहाजलाई समान रूपमा आवतजावत गर्न नदिइए अमेरिकाले कडा कदम चाल्ने चेतावनी पनि उनले दिएका छन् ।
होर्मुज क्षेत्रमा इरानको अवरोधका कारण मध्यपूर्वको कच्चा तेलमा निर्भर देशहरूको अर्थतन्त्र प्रभावित भएको बताइएको छ । हाल प्राविधिक रूपमा होर्मुज पूर्ण रूपमा बन्द नभए पनि इरानले शुल्क तिर्ने जहाजलाई मात्रै पार गर्न दिएको जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
युद्धविराम घोषणाको केही घण्टामै होर्मुज जलमार्ग अशान्त, तीन जहाजमाथि शंकास्पद आक्रमण
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको म्याद थप गरेको केही घण्टामै होर्मुज जलमार्गमा तनावको नयाँ श्रृंखला सुरु भएको छ । युद्धविरामको घोषणालाई कूटनीतिक सफलताका रूपमा हेरिए पनि, व्यवहारमा भने इरानले उक्त जलमार्गमा व्...
शेख हसिनाका छोराको दाबी : बंगलादेशमा हुन लागेको चुनावपछि भारतलाई खतरा पैदा हुनेछ
काठमाण्डौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले यही फेब्रुअरी १२ मा हुने आम चुनावमा ‘धाँधली’ हुने आशंका व्यक्त गरेका छन् । अमेरिकामा रहेका उनले सोमबार साँझ भिडिओ कन्फरेन्सिङमार्फत कोलकातामा...
जहाजमा ड्रोन प्रहारपछि अमेरिकाले इरानमाथि गर्यो नयाँ हमला
काठमाडौँ । होर्मुज स्ट्रेटमा पनामाको झण्डा अंकित एक व्यापारिक जहाजमाथि शनिबार ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानमाथि नयाँ हवाई हमला गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले इरानभित्र रहेका विभिन्न ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरिएको पुष्टि गरेको छ ।...
अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने दाबी गरेका छन् । यद्यपि, इरानले भने ट्रम्पको यो समयसीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएक...
इरानी विद्यालयमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि
काठमाडौँ । इरानी सहर मिनाबमा रहेको एक बालिका विद्यालयमा अमेरिकी र इजरायली आक्रमणमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि भएको छ । मिसाइल आक्रमणमा परी एकैठाउँमा १६५ बालिकाहरूको मृत्यु भएको हो । उक्त सार्वजनिक अन्त्येष्टिमा हजारौँ मानि...
अफगानिस्तानमा २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक
काठमाडौँ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानवीय सहयोगको आवश्यकता महसुस गरेका छन् । तीमध्ये करिब १२ लाख बालबालिका रहेका छन् ।
प्रतिवेदनमा लगातारको...



