बुधबार, १७ भदौ २०८३
नेपाली

इरानसँगको वार्ता सकरात्मक भएको ट्रम्पको दाबी

Main News Image

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा भएको प्रगति सकारात्मक रहेको बताएका छन् । हालै कतारमा भएका बैठकहरू समेत सकारात्मक रहेको उनको दाबी छ ।

बुधबार नर्थ डकोटाका लागि प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रम कटौती गर्ने दिशामा प्रक्रिया सही मार्गमा अघि बढिरहेको उल्लेख गरे। एक प्रश्नको जवाफमा ट्रम्पले दुवै पक्षबीच निकै राम्रो छलफल भएको बताउँदै भने, अब अगाडि के हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानमाथि दबाब कायम राखेको भए तापनि वार्ताको प्रक्रिया निरन्तर अगाडि बढिरहेको स्पष्ट पारे ।

mediabaaji add

सम्बन्धित खबर

अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय

इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ । यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल...

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ । इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिका–इजरायल र इरानबीच जारी युद्धविराम अवधिभर इरानले जलमार्ग खुला गरेको जनाएको छ । यस घोषणापछि कच्चा तेलको मूल्य प...

इस्लामावादमा अमेरिका-इरान वार्ता : स्थायी युद्धविरामका लागि उच्चस्तरीय प्रयास

काठमाण्डौँ । लामो समयदेखि जारी युद्ध र तनावका बीच संयुक्त राज्य अमेरिका र इरानबीच स्थायी युद्धविराम र शान्ति स्थापनाका लागि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता सुरु भएको छ। दुई हप्ताको अस्थायी युद्धविरामपछि दुवै पक्षका प्रतिनिधिहरू...

कहाँ छन् राष्ट्रपति मादुरो ? उपराष्ट्रपतिले मागिन् जीवित रहेको प्रमाण

काठमाडौँ । अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलामा राजनीतिक र सुरक्षा सङ्कट चरम उत्कर्षमा पुगेको छ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग हाल कुनै सूचना नभएको र उनीहरू कहाँ छन्...

जन्तर मन्तरमा आज पनि सुरक्षा व्यवस्था कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

काठमाण्डौँ । दिल्लीमा कक्रोच जनता पार्टी सिजेपीले आयोजना गरेको प्रदर्शन आज पनि जारी छ । सोमबारदेखि सुरू भएको प्रदर्शनमा बिहीबार पनि बिहानैदेखि प्रदर्शनकारीहरू भेला भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । आन्दोलन स्थल जन्तर मन्तरमा बिहानैदेखि बाक्लो स...

पुटिन भन्छन् – युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव

मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक सङ्केत दिएमा रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले दीर्घकालीन, स्थिर र राजनीतिक दबाबबाट मुक्त सहकार्य भएमा दुव...