सोमबार, १५ भदौ २०८३
नेपाली

हङकङको किनाराबाट गोधूलिको किनारा

Main News Image

© राजकुमार राई हङकङ

मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १०। हङकङको किनाराबाट धेरै कविताहरू लेखिएका छन् ।

बहुराष्ट्रिय भाषा संस्कृति बोकेर बसेको बहुटापुहरू जस्तै :पुस्तकमा बहुस्वादका कविताहरू उनिएको छ । साब्लाबुङ प्रकाशन हङकङबाट प्रकाशित पुस्तकका कवि माछापुछ्रे र सेती , काली नदीहरूको किनारामा हुर्केका कवि डोम राना हङकङको समुद्र किनारामा उभिएर गोधूलिको किनारा बोकेर आएका छन् ।

 

उनका धेरै कविताहरूमा माया प्रेमलाई केस्रा केस्रामा केलाएका छन् । उनका कविताहरूमा सम्झना, दु:ख, सुख तृप्त अतृप्त प्रेमका शृङ्खलाहरू सँगै सामाजिक राजनीतिक विसङ्गतिहरू समेटिएका छन् । धेरै कविताहरू प्रेममा आधारित छन् । प्रेम मायाको आकार परिभाषा सिमाङ्कन गरिन्न अनेक रूप स्वरूपमा कहीं पनि विना साइत प्रकट हुन सक्छ जोडिन्छ, तोडिन्छ र छोडिन्छ पनि । प्रेम यो दुई अक्षरको बारे साहित्य ,कला ,संगीत र सिनेमा स्मरण यति धेरै लेखिंदै निर्माण हुँदै आएको छ अरू कति लेखिने होला कुनै सिमाना छैन । मान्छेले प्रेम सुनिरहेको हुन्छ , पर्खिरहेको हुन्छ , सम्झिरहेको हुन्छ ,पढिरहेको हुन्छ र बोलीरहेको हुन्छ । मान्छे प्रेमबाट हरपल मुक्त नै हुन्न । कहीं न कहीं प्रेम ले तानीरहेको स्वयंमले पनि पत्तो पाउँदैन । प्रेमको गीत फिल्म साहित्य हेर्नु पढ्नु पनि प्रेम सम्झिनु माया गर्नु नै हो ।

 

गोधूलिको किनारा कविता संग्रहमा माथि उल्लेख कुराहरूको सेरोफेरोमा नै छ छोटो टिपोट गर्दैछु । घुम्तीको भेट कवितामा मायासँग भेट हुन्छ, अर्को कविता गुनासोमा पर्खिरहेको हुन्छ जिन्दगी कविता मायाको सम्झनामा रातहरू बिताइ रहेका हुन्छन् । प्रेमतृष्णमा सौन्दर्य वर्णन गरिएको छ । बारीको काल्नामा फुलेको पिहुली फूलसँग तुलना गरेका छन् ।

 

कविले पिहुली फूलसँग तुलना गर्दै गर्दा तपाईंले लजावती फूलसँग तुलना गर्नु भएको होला मैले गोदावारी फूलसँग तुलना गरेको हुँला हेर्नु त प्रेमको लिला एउटासँग तुलना गर्‍यो अर्कोतिर छुटिरहेको हुन्छ । प्रत्येक मान्छेले प्रेमलाई फरक फरक अनुभूति गरिरहेको हुन्छ । कविताहरूमा झरी , रात बिहान गोधूलिमा प्रेम प्रकट भइरहन्छ चिया र रक्सी पनि पिइरहेका छन् । कविताहरू विशुद्ध प्रेममा आधारित छ । प्रेममा उमेर ,जात ,वर्ग ,धर्म र सौन्दर्य हुन्न मात्र प्रेम हुन्छ । कविताहरूमा कुनै यौन कुण्ठा स्वार्थहरूको मिसावट छैन । पुस्तक माया प्रेमको संग्रह भन्दा पनि उपयुक्त होला यति भन्दै गर्दा लिपुलेकबाट देश प्रेमको सन्देश पनि दिएको छ ।

 

अन्तमा गोधूलिको किनारा पुस्तक केशर महल पुस्तकालय एकेडमी , मदन पुरस्कार गुठी , त्रिभुवन विश्वविद्यालय पुस्तकालय राजधानीका पुस्तकालयहरू सरकारी कलेजहरूमा पढ्न सकिन्छ साथै साब्लाबुङ पुस्तकालय अभियानबाट स्थापना गरिएको विभिन्न जिल्लाका २२ वटा पुस्तकालयहरूमा पढ्न सकिन्छ, मुगु ,स्याङ्जा फेदीखोला , काभ्रे देविटार , मंगलटार , सोलु , गोरखा , चितवन , भोजपुर , संखुवासभा आदि कवि डोम राना साब्लाबुङ पुस्तकालय अभियानका केन्द्रीय उपाध्यक्ष समेत हुन्।

mediabaaji add

सम्बन्धित खबर

'कविता एन्ड द कप'मा कविहरू !

मिडियाबाजी डटकम काठमाडौँ ।

  • बागबजारको युनिटी फुड एन्ड क्याफेमा 'Kavita & the Cup' को तेस्रो शृङ्खला सम्पन्न भयो ।

    •यस शृङ्खलामा कविता वाचन ,टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि,आख्यानकार र सम्पाद...

गिरीको गजल ऋण लागेपछि !

बाँच्ने भन्दा नि मर्ने , बनाउँछ ऋण लागेपछि

गह भरि आँसु भर्ने, बनाउँछ ऋण लागेपछि


जन्म घर , माया मोह र बुढी आमा छोडेर 

रुदैँ खाडीमा झर्ने , बनाउँछ ऋण लागेपछि


घरबारी सुम्पिएको त्यो ज्याद्रो तमसुक सम्...

सरुभक्त ‘कविता एन्ड द कप’मा गुन्जिए, सरल र जनमुखी कविताको पक्षमा जोड

काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा बहुआयामिक सर्जक सरुभक्तको प्रमुख आतिथ्यमा ‘कविता एन्ड द कप’ कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित सिलौटो कटेजमा आयोजित कार्यक्रममा कविता वाचन, साहित्यिक अन्तरक्रिया तथा समकालीन नेपाली कवितामाथि गहन विमर्श गरिएक...

भानुभक्तको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा-साहित्यको समृद्धिमा लागौँ : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण मात्र नगरी उनले देखाएको मार्गलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा(प्रतिष्ठानमा आय...

फिदिम माविमा ‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न

पाँचथर ,फिदिम। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा बिहीबार अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न भएको छ। 


‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत आयोजित उक्त...

नेपाल प्रज्ञा–प्रतिष्ठानको कुनै पनि पदमा नजाने साहित्यकार रामलाल जोशीको घोषणा

काठमाडौँ । साहित्यकार रामलाल जोशीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव बन्न आफूले कुनै पहल नगरेको र अन्ततः आफूलाई प्रस्ताव गरिएको पद पनि अस्वीकार गरेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गर्दै उनले पछिल्ला दि...