दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक अवस्था ठीक नभए पनि सडकमा निकालिएका ६३ सवारी साधन, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता २२४ र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १३२ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, लेन अनुशासन पालना नगर्ने २३७, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४० र अन्य सवारी नियम पालना नगरेका एक हजार ७८० जनालाई कारबाही गरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमती बिना चलाइएका ९०० सवारी नियन्त्रणमा
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोगको अनुमति पास बिना चलाइएका ९०० सवारीसाधनलाई उपत्यकाका वि...
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पती शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो...



