आइतबार, १५ कात्तिक २०८३
नेपाली

चौबीस घण्टामा दुई हजार ७२२ जना कारबाहीमा

Main News Image

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीले सञ्चालन गरेको चेकिङका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारीसाधन चलाउने ४६, राइड सेयरिङमा २३६, रातोबत्तीमा १८१, तीव्रगतिमा १५४, लेनक्रसमा ३४२, सडक फुटपाथमा १३७, हर्न निषेधमा ५५, ओराल्ने र चढाउनेमा ५६, अन्यमा एक हजार ५१५ गरी कुल दुई हजार ७२२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

mediabaaji add

सम्बन्धित खबर

जेन–जी आन्दोलनका नाममा सर्वोच्चमा जलाइएका दश हजार भन्दा बढी मुद्दाका मिसिल तयार

काठमाडौँ । सर्वोच्च अदालतमा जेन–जी आन्दोलनका नाममा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कूल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगल...

स्रोत नखुलेको १५ लाखसहित चार जना प्रहरी नियन्त्रणमा

रामेछाप । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन...

गोरेलाई थप १० वर्ष कैद, तर सुन काण्डमा संगठित अपराध पुष्टि भएन

मोरङ । मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ ।  तर, बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने...

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एकको मृत्यु, ६ कामदार घाइते

काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर इन्धन वा पानी तताउने कन्टेनर  विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्...

पूर्वसचिव सङ्गीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौँ । पूर्वसचिव डा सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दाको समयमा गरिएको खरिद प्रक्र...

काठमाडौं उपत्यकामा २४ घण्टामा २२८ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा, मापसे गर्ने ८४ जना

काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २२८ जना सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङका क्रममा उनीहरू कारबाहीमा परे...