शनिबार, २० भदौ २०८३
नेपाली

एमाले सचिवालय बैठक च्यासलमा बस्दै, महाधिवेशनका विषयमा छलफल हुने

Main News Image

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिएका छन् । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालय मर्मतपछि एमालेले आज पहिलोपटक केन्द्रीय कार्यालयमै सचिवालय बैठक बोलाएको हो। यसअघि एमालले बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बस्दै आएको थियो ।

यही मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुने ११ औं राष्ट्रिय महाधिवेशन सम्बन्धी छलफलका लागि एमालेले सचिवालय बैठक बोलाएको हो । त्यसैगरि बैठकमा पार्टीले आगामी शनिबार काठमाडौँमा गर्ने प्रदर्शनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । महाधिवेशनका लागि एमालेले यही मंसिर १३ गते एकैदिन देशभरबाट प्रतिनिधि छनोट गर्दैछ। च्यासलस्थित पार्टी कार्यालय हाल आंशिक सञ्चालनमा छ।  संगठन विभाग र संसदीय दलको बैठक च्यासलमा बसिसकेको छ ।

 

 

mediabaaji add

सम्बन्धित खबर

रेशमको उम्मेदवारी खारेजीको विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ ।

चौधरीले माघ ६ गते कैलाली १ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिएका थिए । तर, टीकापुर घटनामा द...

दुई साताअघि एमाले छोडेका जीतेन्द्र देव कांग्रेसमा प्रवेश

काठमाण्डौँ । दुई साताअघि नेकपा एमाले छाडेका जीतेन्द्र नारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार सप्तरीको राजविराजस्थित कांग्रेस कार्यालयमा आयोजित एक कार्यक्रम देव कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई कां...

राष्ट्रिय सभाको १९औँ अधिवेशन शुरु हुँदै, सिंहदरबारमा बैठक सञ्चालनको तयारी

काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन आज बिहान ११ बजेदेखि शुरु हुँदैछ। जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवन जलेर ध्वस्त भएकाले संघीय संसद् सचिवालयले यसपटक सिंहदरबारमा बैठक सञ्चालनको विशेष तयारी गरेको छ ।

अधिवेशनको पहिलो बैठकमा अध्...