उपाध्यक्ष पौडेल पक्राउको विरोधमा एमालेले देशव्यापी प्रतिरोध गर्ने
काठमाण्डौँ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधपूर्ण कदम भन्दै सरकारविरुद्ध कडा रूपमा उत्रिने संकेत दिएको छ । पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको नवौं बैठकले उक्त घटनाको राजनीतिक र कानुनी दुवै तहबाट सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।
बैठकपछि महासचिव शंकर पोखरेलले निर्णय सार्वजनिक गर्दै पौडेलको गिरफ्तारीलाई लोकतान्त्रिक मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रतामाथिको गम्भीर प्रहारका रूपमा पार्टीले लिएको बताएका छन् । एमालेको निष्कर्षअनुसार कुनै स्पष्ट तथ्य वा प्रमाणबिना सम्पत्ति शुद्धीकरणको नाममा राजनीतिक पूर्वाग्रह राख्दै विपक्षी नेतृत्वलाई लक्षित गरेर पौडेललाई पक्राउ गरिएको हो । पार्टीले यस्तो कदमले राज्यका अनुसन्धान निकायको निष्पक्षता र विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न खडा गरेको जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
तोकिएको मितिमा चुनाव नभए प्रतिनिधिसभा पुन: स्थापना हुनुपर्छ : प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले अन्तरिम सरकारले समयमै निर्वाचन गराएर नयाँ संसद् गठन गर्न नसके विघटित प्रतिनिधिसभा पुन स्थापना गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन ढिलाइ हुँदा संवैधानिक अन्यौल बढ्ने भन्दै त्यसबाट जोगिन वै...
कांग्रेसको विशेष महाधिवेशनमा चुनाव भोलि बुधबार हुने
काठमाण्डौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वका लागि मंगलबार मात्रै चुनाव हुने भएको छ । काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्त्रसत्र जारी रहेको छ। बन्दसत्रमा सोमबार मध्याह्नदेखि निर्वाचन प्रक्रिया सुरु...



