शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा अमेरिका युक्रेनबीच छलफल
काठमाण्डौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको बताएका छन् । आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्व समाधानका लागि रोकिएको शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिए । साथै युक्रेनका लागि सुरक्षा तथा आर्थिक प्रत्याभूति र आगामी जाडो मौसमका लागि आवश्यक सहयोगबारे पनि कुराकानी भएको उनले बताए ।
जेलेन्स्कीले युक्रेनले हवाई प्रतिरक्षा तथा ऊर्जा क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको उल्लेख गरे। साथै अमेरिकी तरलीकृत प्राकृतिक ग्यासको पर्याप्त आपूर्ति र त्यसको उपयोगका सम्भावनाबारे पनि आफूहरूले आशा राखेको उनले बताए।
वार्ताको तेस्रो चरणमा बेलायत, फ्रान्स र जर्मनीसहित केही युरोपेली मुलुकका प्रतिनिधिहरू पनि सहभागी भएका थिए । आगामी दीनमा शान्ती वार्तालाई निरन्तरता दिने उद्देश्यले पुनः बैठक बस्ने सहमति भएको जेलेन्स्कीले जानकारी दिए।
उहाँले युक्रेन, अमेरिका र रुसबीच रोकिएको त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने प्रयासलाई पनि अघि बढाइएको बताए। । यस्तो वार्ताले द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
महासभा सकिएपछि पनि बसेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाले निकाल्यो
काठमाडौँ । अमेरिकाले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर पनि देश छाड्ने आदेश बेवास्ता गरेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाबाट निष्कासन गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार, ती दुवै इरानी प्रतिनिधिमण्डलका सदस्य महासभा सकिएको लामो समयपछि...
राष्ट्र सङ्घ महासचिवमा चार दाबेदार, चाख घट्दो, समस्या बढ्दो
काठमाण्डौँ । संयुक्त राष्ट्र सङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबीच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका...
नेपालसहित ५० देशका नागरिकले अमेरिकी भिसाका लागि ३० लाखसम्म धरौटी राख्नुपर्ने
काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा बन्ड कार्यक्रमलाई स्थायी बनाएको छ । नयाँ व्यवस्थाअनुसार नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकले अमेरिकी बी–१ व्यवसायिक र बी–२ पर्यटक भिसाका लागि आवेदन दिँ...
अमेरिका र चीनबीच व्यापार सम्झौताको खाकामा सहमति
काठमाडौँ । संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको छ । यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन् । अमेरिकामा सामाजिक सञ्जाल...
अष्ट्रेलियाको १६ वर्षमुनिका सामाजिक सञ्जाल प्रतिबन्ध पुनर्विचार गर्न मेटाको आग्रह
काठमाडौँ । मेटाले सोमबार अष्ट्रेलियालाई १६ वर्ष मुनिका किशोरहरूको लागि विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको छ । यसैबीच कम्पनीले नयाँ कानुन अनुसार पाँच लाख ४४ हजार भन्दा बढी खाता ब्लक गरेको जनाएको छ ।
गत वर्ष डिस...
महासागरको तापक्रममा उच्च वृद्धि,जलवायु परिवर्तनका नयाँ रेकर्डहरू कायम
काठमाडौँ । युरोपेली सङ्घको जलवायु निगरानी निकायले मार्च महिनामा महासागरको तापक्रम झन्डै रेकर्ड स्तरमा पुगेको जनाएको छ । यसले पृथ्वीको समग्र तापक्रममा थप वृद्धि ल्याई अत्यधिक गर्मी र चरम मौसमी अवस्था निम्त्याउन सक्ने सङ्केत गरेको छ ।
प्रतिवेद...



