आइतबार, ०८ कात्तिक २०८३
नेपाली

शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा अमेरिका युक्रेनबीच छलफल

Main News Image

काठमाण्डौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको बताएका छन् । आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्व समाधानका लागि रोकिएको शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिए । साथै युक्रेनका लागि सुरक्षा तथा आर्थिक प्रत्याभूति र आगामी जाडो मौसमका लागि आवश्यक सहयोगबारे पनि कुराकानी भएको उनले बताए ।

जेलेन्स्कीले युक्रेनले हवाई प्रतिरक्षा तथा ऊर्जा क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको उल्लेख गरे। साथै अमेरिकी तरलीकृत प्राकृतिक ग्यासको पर्याप्त आपूर्ति र त्यसको उपयोगका सम्भावनाबारे पनि आफूहरूले आशा राखेको उनले बताए।

वार्ताको तेस्रो चरणमा बेलायत, फ्रान्स र जर्मनीसहित केही युरोपेली मुलुकका प्रतिनिधिहरू पनि सहभागी भएका थिए । आगामी दीनमा शान्ती वार्तालाई निरन्तरता दिने उद्देश्यले पुनः बैठक बस्ने सहमति भएको जेलेन्स्कीले जानकारी दिए।

उहाँले युक्रेन, अमेरिका र रुसबीच रोकिएको त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने प्रयासलाई पनि अघि बढाइएको बताए। । यस्तो वार्ताले द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

रूस र युक्रेनले गरे छुट्टाछुट्टै युद्धविरामको घोषणा

काठमाडौँ ।  दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसर पारेर रूसको रक्षा मन्त्रालयले मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्धमा सोभियत जनताको विजयको उत्स...

अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार दर पुनः बढाउने घोषणा गरेका छन् । ट्रम्पले गत वर्षको अप्रिलमा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धीहरूलाई लगाएको थप भन्सार दर अमेरिकी सर्वोच्च...

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ, जसले क्षेत्रीय मात्रै नभइ, विश्वव्यापी असर गहिरिँदै गएको सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अझ कडा सैन्य का...

अमेरिकी सैन्य कारबाहीमा इरानको ४२ जहाज ध्वस्त

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम...

भारतीय सेना प्रमुख नेपाल आउँदै, को-कोसँग गर्दैछन् भेट ?

काठमाडौँ । तीन महिना अघि भारतीय सेनाको प्रमुखमा नियुक्त भएका धिरज सेठ नेपाल भ्रमणमा आउन भएका छन् ।  नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी साउन ३१ गते नेपाल भ्रमणमा आउन लागेको स्रोतले जनाएको छ । 

नेपाली सेनाका प्रधानसे...

बङ्गलादेशमा युनुस युगको अन्त्य, रहमानको शपथ आज

काठमाडौँ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले आफ्नो कार्यकाल समाप्त भएको घोषणा ग...