चुनावको मुखमा मुगुमा भाइरल ज्वरो, चार सय भन्दा बढी बिरामी
मुगु । मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँका चारसय भन्दा बढी स्थानीय विरामी परेका छन्।
ज्वरोका कारण सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धा प्रभावित छन्। स्थानीय खेम रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका चार बस्तीमा तीव्र रूपमा फैलिएको हो ।
नर्खजिमा रहेको स्वास्थ्य संस्थामा जनशक्ति र औषधी दुवै अभावमा देखिएको छ। उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टरसहितको टोली गाउँ पुगेपनि रोग नियन्त्रणमा आउन सकेको छैन । उपचारमा खटिएको टोली १२ गते गाँउबाट फर्किसकेको छ भने अहिले एक जना स्वास्थ्यकर्मीले मात्रै बिरामीको उपचारमा सक्रिय छन् ।
नर्खजी स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० जना भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । ‘गाउँपालिकालाई जानकारी गराइसकेका छौं। औषधि पठाइए पनि बिरामीको चापका कारण सकिएको छ। स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्र बाँकी रहेको र आफूसहित एक जना मात्रै स्वास्थ्यकर्मी हुँदा बिरामी दर्तादेखि परीक्षणसम्म सबै काम गर्नुपरेकाले समयमै सेवा दिन कठिनाइ भएको छ,’ उनले भने ।
प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका डाक्टर विकास धितालले गाउँ पुगेर करिब ३ सय बिरामीको परीक्षण गरेको जानकारी गराएका छन। ज्वरोका कारण बालबालिका देखि वृद्धवृद्धासम्म प्रभावित भएका छन्। औषधि अभाव देखिन्छ। ५० जनालाई खोप लगाइएको उनले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर, पानी नपरेसम्म प्रदूषण अझै बढ्ने सम्भावना
काठमाडौँ । राजधानी काठमाडौंको हावाको गुणस्तर बिहीबार बिहान अत्यन्तै खराब अवस्थामा पुगेको छ । विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा काठमाडौँ चौथो स्थानमा उक्लिएको छ । आईक्यू एयरको तथ्यांक अनुसार काठमाडौं बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर...
आज विश्व हेपाटाइटिस दिवस : बी र सी का १० मध्ये ९ बिरामी अनविज्ञ, वार्षिक १३ लाखको ज्यान जाँदै
काठमाडौँ । आज ‘विश्व हेपाटाइटिस दिवस’ विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । कलेजोलाई गम्भीर असर पुर्याउने हेपाटाइटिस रोगबारे विश्वभर जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्...
ऐन परिमार्जन गरे नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ : विप्लव अधिकारी
काठमाडौँ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई पाँच वर्ष भित्रमा नै औषधिमा आत्मनिर्भर बनाउन सक्ने दाबी गरेका छन् । मंगलवार नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरता , नीतिगत सवाल विषयक कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै अ...
डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प
काठमाडौँ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्दको घोषणा गरेको छ । संघको यस निर्णयसँगै आज देशैभरका अस्पतालहरूमा बहिरङ्ग ओपिडी लगायतका...
बाजुरामा १८ सय किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
बाजुरा । पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७ देखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा पाठेघर मुखको क्यान्सरविरुद्ध...
वरिष्ठ सौन्दर्यविद् महराद्वारा स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन
काठमाडौँ । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।
वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी...



