शनिबार, १४ कात्तिक २०८३
नेपाली

प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या

Main News Image

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायव उपरीक्षक गणेश बमले बताए । उक्त घटनामा केही व्यक्ति घाइते समेत भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ। मृतक यादवको शव परीक्षणका लागि अस्पतामा ल्याइएको छ । गोली प्रहार गर्ने यादव धनुषा प्रहरीमा कार्यरत रहेको प्रहरीको भनाइ छ। प्रहरी नायव उपरीक्षक गणेश बमले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए।

mediabaaji add

सम्बन्धित खबर

यी हुन् एसएसपीमा बढुवा सिफारिस हुने १० एसपी

काठमाण्डौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवाका लागि  सिफारिस गरेको छ । बुधबार बसेको गृह मन्त्रालयको बढुवा समिति सचिवालय बैठकले १० जना प्रहरी उपरीक्षक एसपीलाई प्रहरी बरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने...

विदेशमा रहेकालाई सवारी लाइसेन्स दिने ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमति पत्र वितरणमा गम्भीर अनियमितता भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा आर्थ...