मेलम्चीको पानी आपूर्ति बन्द
काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो ।
उहाँले भन्नुभयो, “वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ, गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सञ्चालन गरिनेछ ।” निरन्तर वर्षा भएमा काठमाडौँमा जल आपूर्ति गर्न केही समय लाग्नेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
९,००० एमएएच ब्याट्रीसहितको नयाँ स्मार्टफोन ल्याउँदै अनर
काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले ९,००० एमएएच क्षमताको ब्याट्रीयुक्त स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । चिनियाँ टिपस्टर ‘डिजिटल च्याट स्टेसन’का अनुसार उक्त स्मार्टफोनमा सिलिकन कार्बन प्रविध...
मनसुन र पश्चिमी वायुको प्रभाव : आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले आज मौसम आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्...
मौसम पूर्वानुमान : पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदलीको अवस्था रहनेछ...
क्यानको महानिर्देशक पदका लागि २१ जनाको आवेदन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महानिर्देशक पदका लागि आवेदन परेका उम्मेदवारको संख्या सार्वजनिक गर...
नेपालमा मनसुन आउन एक साता लाग्ने
काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ ।
...
तीन दिनसम्म पानी पर्ने भन्दै दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक
त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा तीन दिनसम्म राति ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ ।मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार चैत ८ गतेसम्म वर्षाको सम्भावना रहेको उद्धृत गर्दै नारायणगढ–बुटवल सडक योजनाले आज...


