प्रधानमन्त्री र सरकारबारे अहिले नै समीक्षा गर्ने अवस्थामा पुगेका छैनौँ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० र सरकारको कामबारे समीक्षा गर्ने अवस्थामा पार्टी नपुगेको बताएका छन् ।
सुनसरीको देवानगञ्ज घटनापछि आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री र सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भन्दै अहिले नै सरकारको समीक्षा गर्ने बेला नभएको बताए। ‘प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेको छ। अहिले नै हामी समीक्षाको विन्दुमा पुगेका छैनौँ। उहाँले आफ्नो काम गर्नुहुनेछ भन्ने विश्वास छ,’ उनले भने।
सर्वदलीय बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएका थिए। त्यसबारे प्रतिक्रिया दिँदै लामिछानेले उक्त बैठक सरकारको नभई दलहरूका शीर्ष नेताहरूबीचको छलफल भएको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन प्रतिवेदन पारित
काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठकले बालबालिकासम्बन्धी ऐन, २०७५ को कार्यान्वयन अवस्थाबारे तयार पारिएको मापन प्रतिवेदनको मस्यौदा पारित गरेको छ। बिहीबार बसेको बैठकले ऐनमा समेटिएका बाल सहभागितासम्बन्धी प्रावधानहरूको कार्यान्वयन मूल्याङ्कन गर्द...
पिर्के सलामी नलिने गृहमन्त्री गुरूङको घोषणा
काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले पिर्के सलामी नलिने घोषणा गरेका छन् । अवलोकन भ्रमणमा रहेका गृहमन्त्री गुरूङले आज नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेर सलामी नलिने बताएका हुन् । ‘गृहमन्त्रीले पिर्के सलामी लिन्नँ भन्नुभएको छ,’ उनको सचिवाल...
१ र २ रुपैयाँका नयाँ सिक्कामा चुच्चे नक्सा हट्ने चर्चा, वास्तविकता के हो ?
काठमाडौँ । मन्त्रिपरिषद्ले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ। यससँगै नयाँ सिक्काबाट चुच्चे नक्सा हटाइने चर्चा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा फैलिएको छ।
राष्ट्र बैंकक...



