बिहिबार, २६ कात्तिक २०८३
नेपाली

पूर्वी नेपालमा मौसम सुधारिँदै, पश्चिममा आइतबारसम्मै भारी वर्षाको जोखिम

Main News Image

काठमाडौँ । पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार हुँदै गए पनि देशका पश्चिमी भूभागहरूमा भने मौसमी प्रणालीको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइतबारसम्मै भारी वर्षाको सम्भावना रहेको छ।

भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणाली नेपालतर्फ सर्दै गएकाले विशेष गरी पश्चिमी भूभागहरूमा वर्षाको असर बढी देखिएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो। पछिल्लो २४ घण्टामा ती प्रदेशका धेरैजसो स्थानमा भारीदेखि धेरै भारी वर्षा दर्ज भइसकेको छ।

विभागका अनुसार आइतबार दिउँसोसम्म बागमती र मधेश प्रदेशका पश्चिमी भूभागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। पूर्वी नेपालतर्फ भने मौसममा क्रमिक सुधार आउने र कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा मात्र हुने अनुमान गरिएको छ।

mediabaaji add

सम्बन्धित खबर

डोल्पामा हिमपातमा फसेका छ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार

सुर्खेत । डोल्पाको शेफोक्सुण्डो गाउँपालिका ८ दानिगडमा भारी हिमपातका कारण अलपत्र परेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिँदै छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार केही दिनयता भएको अत्यधिक हिमपातका का...

देशभर अतिक्रमित संरचना हटाउने अभियान जारी

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन...

बुधबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

दिउँसो तराई भूभागका अ...

वर्षाले रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि ठप्प

काठमाण्डौँ । । काभ्रेपलाञ्चोक जिल्लामा अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ । सोमबार साँझबाट आंशिक रूपमा सञ्चालनमा आएको उक्त सडक मंगलबार साँझदेखि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले...

तराईमा ‘तातो दिन’ सँगै ४० डिग्रीसम्म तापक्रम पुग्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुधबारको मौसम पूर्वानुमान अनुसार देशभरको मौसममा निकै भिन्नता देखिने भएको छ । आज दिउँसो तराईका अधिकांश भूभागमा अत्यधिक गर्मी भई उखरमाउलो महसुस हुनेछ भने पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो सहरहरुमा म...