डोल्पामा हिमपातमा फसेका छ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार
सुर्खेत । डोल्पाको शेफोक्सुण्डो गाउँपालिका ८ दानिगडमा भारी हिमपातका कारण अलपत्र परेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिँदै छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार केही दिनयता भएको अत्यधिक हिमपातका कारण उनीहरू उक्त क्षेत्रमा फसेका हुन्। प्रशासनले कात्तिक १४ गते उनीहरू फसेको खबर प्राप्त गरेको थियो भने कात्तिक १५ गतेदेखि उनीहरूको हेलिकप्टरमार्फत उद्धारकार्य भइरहेको सूचनामा उल्लेख गरिएको छ ।
उद्धार गरिएका पर्यटकहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा , डिप्लिना बिस्वास र राजेश डे रहेका छन्। यीमध्ये दुई महिला र चार पुरुष भारतीय नागरिक हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
भोटेकोशी बाढी : १२ हजारको उद्धार, १३ सय हाराहारीको शव भेटियो, पाँच हजार अझै बेपत्ता
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाको स्वास्थ्य उपचार गरिएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रा...
लामो दुरी चल्ने गाडीमा जीपीएस जडान
काठमाडौँ । ट्राफिक प्रहरीले बुधबारदेखि लामोदुरी चल्ने गाडीमा जीपीएस जडान गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेको छ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र गुड्ने सवारी साधनमा सीसीटिभी तथा ड्याशबोर्ड क्यामेरा जडान सुरु गरेको छ ।
यातायात व्यवसायीहरूसँगको...
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पू...
देशैभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने
काठमाडौँ । हाल देशभर मनसनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । यसकै प्रभावका कारण कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागे...
आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान मह...
हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली...


