आइतबार, १५ कात्तिक २०८३
नेपाली

स्थानीय तह निर्वाचनका लागि रास्वपाद्वारा उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री एवं समिति संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले विभिन्न निर्णयहरू गरेको छ।   

बैठकले उम्मेदवार छनोट रूपरेखालाई चुस्त रूपमा कार्यान्वयन गर्न विभिन्न जिम्मेवारीसहितका उपसमितिहरू गठन गर्नुका साथै उम्मेदवारी आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ । उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन समिति सदस्यहरूको संयोजकत्वमा ७ वटा उपसमितिहरू गठन गरिएको छ ।   

 क्यान्डिडेट क्लबमा कविन्द्र बुर्लाकोटी,   प्रविधिमा सुशान्त वैदिक,   गुनासो समन्वयमा जनकसिंह धामी,   समावेशिता तथा महिला सहभागितामा डा तोशिमा कार्की,  क्षमता विकास समन्वयमा टासी ल्हाजोम,   व्यवस्थापनमा रहबर अन्सारी  र  प्रचारप्रसारको संयोजक  मिलन लिम्बू नियुक्त गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

राष्ट्रियसभा र प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गर्न कांग्रेसले गर्‍यो परिपत्र

काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई प...

मतदान गर्न जाँदा के–के कागजात लैजाने ?

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । 

मतदाता परिचयपत्रको सक्कलप्रति नभए...

लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य : गृहमन्त्री अर्याल

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले केहि थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न आग्रह गरेका छन् । गृह मन्त्रालय र सुदूरपश्चिम प्र...

आन्तरिम सरकार खारेज गरेर सर्वपक्षीय सरकार गठन गर्न विप्लवको माग

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयो...

विशेष महाधिवेशन नगरी यथास्थितिमा रहनु आत्मघाती हुनेछ _अर्जुननरसिंह केसी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व र कार्यक्रमसहित फागुनको चुनावका लागि जनतामा जानुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा विचार लेख्दै नेता केसीले त्यसो नगरी यथास्थितिमा रहनु दुर्घटना र आ...

गृहमन्त्री गुरूङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन सुरु गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग मा...