कहिले सुध्रिएला मौसम ? मौसमविद्ले दिए यस्तो जानकारी
काठमाडौँ । उपत्यकासहित देशका विभिन्न भूभागमा भइरहेको वर्षा आज साँझदेखि क्रमिक रूपमा कम हुँदै जाने अनुमान गरिएको छ । नेपाल मौसम विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चक्रवातको अवशेष कमजोर हुँदै गएकाले मौसममा सुधार आउने देखिएको हो । मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो एक घण्टाको मौसमी अवस्थालाई हेर्दा देशका विभिन्न भूभागमा क्रमिक रूपमा सुधार भइरहेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मौसम सुधार हुँदै गएको छ भने कोशी र मधेश प्रदेशका पूर्वी भूभागमा पनि वर्षा कम हुँदै गएको छ ।
उनले भने, ‘पछिल्लो एक घण्टाको मौसम हेर्ने हो भने क्रमिक रूपमा सुधार आइरहेको अवस्था छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको भूभागमा मौसम सुधार हुँदै गइरहेको छ भने त्यससँगसँगै कोशी प्रदेश र मधेश प्रदेशको पनि पूर्वी भूभागमा मौसम सुधार हुँदै गएको छ ।’
उनका अनुसार बागमती, गण्डकी, कर्णाली र कोशी प्रदेशका पहाडी भूभागमा भने अझै बादल लाग्ने र वर्षा हुने क्रम जारी छ । काठमाडौं र ललितपुर आसपासका क्षेत्रसहित दोलखा र संखुवासभाका केही स्थानमा मध्यम वर्षा भएको छ भने अन्य भूभागमा हल्का वर्षा भइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बिहीबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका बाँकी...
बाढी, पहिरो र कटानका कारण देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक अझै अवरुद्ध
काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा निश्चित समयका लागि स...
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा...
मुग्लिन–पोखरा सडक १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने, यी हुन् वैकल्पिक मार्ग
काठमाडौँ । मुग्लिन–पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्ड दैनिक चार घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको सडक आयोजन...
टिकटकमा जथाभावी भिडिओ हाले कारबाही हुने
काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भ्रामक सूचनारहित बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’सँग औपचारिक सहकार्य सुरु गरेको छ । निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र...
बाढी बढेसँगै कालीगण्डकी जलविद्युत्का सबै कर्मचारीलाई सुरक्षित स्थानमा सारियो
काठमाडौँ । अविरल वर्षासँगै स्याङ्जास्थित कालीगण्डकी जलविद्युत् आयोजनाको पावरहाउसमा रहेका सबै कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ ।
१४४ मेगावाट क्षमताको आयोजना कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै शुक्रबार असोज ९ देखि नै बन्द छ । ...



