बुधबार, ३१ भदौ २०८३
नेपाली

आर्थिक खबर

Main News Image

साना किसानको दैनिक ६० हजार दुध डिडिसीलाई दिने सम्झौता कार्यन्वयन सुरु

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दैनिक ६० हजारभन्दा बढी दूध खरिदबिक्री गर्ने बारे भएको त्रिपक्षीय सम्झौता कार्यन्वयनमा आएको छ । गत साउन २७ गते भदौ १ गतेदेखी केन्द्रीय संघ र लघुवित्त संस्थाका सदस्य संस्था एवम् किसानहरुले उत्पादन तथा संकलन गरेको दुध डिडिसी मार्फत बजारीकरण गर्ने सम्झौता कार्यन्वयन गर्दै आजैबाट दुध दिन सुरु भएको नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष एकराज उप्रेतीले जानकरी दिनुभयो । 

उहाँले पहिलो दिन मकवानपुरको हाँडी खोलामा रहेको साना किसान कृषि सहकारी संस्थामा ३ हजार क्षमताको चिस्यान सुरु गर्दै देशभरबाट निकट भविष्यमै दैनिक ६० हजार भन्दा बढि दुध डिडिसी मार्फत बजारीकरण गरिने जानकारी गराउनुभयो । डिडिसीले यी दुई संस्थाका सञ्जालमार्फत ग्रामीण क्षेत्रमा उत्पादीत दुध बजारका उपभोक्तासम्म पुर्याउने उद्धेश्य सहित त्रिपक्षीय सम्झौता गरी किसानको दुध संकलन र विक्रिवितरणका लागि सहयोग गर्न सुरु गरेको हो । 

केन्द्रीय अध्यक्ष उप्रेतीले पहिलो दिनमै संस्था र किसानहरुको उत्साहजनक सहभागीता रहेको र यस अघि नजोडिएका सञ्जालका संस्थाहरुपनि यस अभियानमा जोडिन चाहेको बारे आफुलाई जानकारी प्राप्त भएकोले अब संस्था र डिडिसीको नजिक रहेको आयोजनाबीच सम्झौता गरेर अगाडि बढ्ने बताउनुभयो । 

नेपाली दुग्ध उत्पादक किसानहरुका लागि यो एक कोशेढुंगा सावित भएको भन्दै अध्यक्ष उप्रेतीले किसानहरुको जीवनस्तर उकास्ने कुरामा दुग्ध विकास संस्थाले देखाएको सक्रियता र दिएको साथले अहिले किसानहरु उत्साहित बनेको प्रतिक्रिया दिनुभएको छ । 

यस सम्झौता अनुसार आगामी दिनमा किसानहरुको दुग्ध उत्पादन र उत्पादकत्व बढाउने गुणस्तरीय उत्पादन बढाउने पशुजन्य रोग तथा संक्रमणबाट बच्न तालिम तथा प्राविधिक सेवा उपलब्ध गराउने लगायतका साथ सहयोग पनि किसानहरुलाइ प्रदान गरिने छ । 

डिडिसीले तत्कालका लागि दुध संकलन केन्द्रमा चिस्यान नभएको स्थानमा चिस्यान र त्यसका लागि आवश्यक उपकरण प्रदान गर्ने कार्य समेत गरिरहेको अध्यक्ष उप्रेतीले जनाउनुभयो । 

यसअघि नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष उप्रेती साना किसान विकास लघुवित्त वित्तीय संस्था लि का अध्यक्ष खेम बहादुर पाठक लगायतको उपस्थितीमा गत साउन २७ गते दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सरन कुमार पाण्डे नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का महाप्रबन्धक डा. रुद्र बहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । उक्त अवसरमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दिपाकर रुपाखेती, डिडिसीका उपमहाप्रबन्धक, कर्मचारी लगायतको सहभागिता रहेको थियो । 


नेप्से २.२५ अंकले घट्यो, ५ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार नेप्से परिसूचक २.२५ अंकले घटेर २...

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता

काठमाण्डौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा...

बीमा अभिकर्ता कमिशनमा १६ अर्ब बढी खर्च, नेपाल नेशनल लाइफ अग्रस्थानमा, वृद्धिदरमा...

काठमाण्डौँ । जीवन बीमा कमपनीहरुले अघिल्लो बर्षको तुलनामा बीमा अभिकर्ता कमिशन खर्च १० प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्ष मा जीवन बीमा कम्पनीह...

भदौका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरको विवरणले यस्त...

विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउन्डको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९...

आज काठमाडौं उपत्यकाका ७ स्थानबाट एलपी ग्यास बिक्री गरिने, नागरिकता वा राष्ट्रिय...

काठमाडौँ । नेपाल आयल निगमको समन्वयमा आज काठमाडौं उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ ।

अत्यावश्यक अवस्थ...