आर्थिक खबर
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि ०.५% मा ’इभी अटो कर्जा’ सुरु
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधनका लागि आधार दर ०.५% बाट सुरुको विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ । वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभी कर्जा योजना सुरु गरेको हो ।
अत्यन्तै सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो सीमित अवधिको कर्जा सुविधा नयाँ ईभी खरिदकर्ताहरूका लागि उपलब्ध छ । इच्छुक ग्राहकहरूले एक्सपोमा रहेको बैंकको स्टल नं ०५ वा देशभर रहेका एनएमबि बैंकका शाखाहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नुहुनेछ । एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
ताजा समाचार
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययनकार्यदल गठन, एक महिनाभित्र प्रतिवेदन...
काठमाडौँ । सरकारले विराटनगर जुटमिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमानआर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्...
नेपालमा लगानी विस्तार गर्दै ठूला करदाता कम्पनी, जलविद्युत्देखि पेय पदार्थसम्म २...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गरेका छ्न । सोमबार...
नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाख...
गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा...
९ अंकले घट्यो नेप्से, बजार राताम्य हुँदा १७९ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ९.०४ अंकले घटेर २६४१ विन्दुमा झरेको छ । योसँगै बजार लगातार तेस्रो दिन घटेको हो । आज ३ अर्ब ६६ करोड रुपैय...
गुह्येश्वरी ढल प्रशोधन केन्द्रबाट दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन
काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ । काठमाडौं उपत्यकाका नदीन...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितो...


