आर्थिक खबर
एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न
© रविन्द्र लामिछाने (नवीन)
मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर ५। एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न भएको छ। लामो समयदेखिको विवाद र रस्साकस्सी अन्त्य गर्दै गत मंगलबार चितवनको सौराहामा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति एल आई सी नेपालको गतवर्ष चैत जनकपुरमा सम्पन्न अधिवेशनका पक्षधर र पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिबाट गठित समिति पक्षधर दुबैको भव्य सहभागितामा सर्वसम्मत ढंगले संयुक्त रुपमा एकताको चौथो अधिवेशन सम्पन्न भएको हो ।
उक्त अधिवेशनको समन्वय गर्न गठित अधिवेशन समितिका संयोजक श्री दीपक अर्यालको सभापतित्व र पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष श्री केदारनाथ अधिकारीको प्रमुख आतिथ्यता र अधिवेशन समन्वय समितिका सह-संयोजक श्री सूर्य भट्टराई सदस्यहरू श्री ऋषिकेश पोख्रेल,अम्बिका गौतम र सीता दाहाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।उक्त अधिवेशनले श्री रामकुमार अधिकारीको अध्यक्षतामा ३२ सदस्यीय कार्य समिति गठन गरेको छ ।
लामो विवाद र द्वन्दलाई सुरक्षित निष्कर्षमा पुर्याउन विशेष भूमिका निभाएकोमा समन्वय समिति संयोजक दीपक अर्याल लगायतको टिमलाई नवनिर्वाचित कार्यसमितिले धन्यवाद ज्ञापन गरेको थियो साथै नवनिर्वाचित कार्यसमितिले बीमा व्यवसायको शुद्धिकरण र संगठनको सुदृढ़ीकरणमा सम्पूर्ण रुपले लाग्ने अठोट गर्दै संगठनले सबैलाई समान व्यवहार गर्ने,अभिकर्ताहरूको हकहित र बीमितहरूको लगानीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय समेत नवगठित समितिको पहिलो बैठकले गरेको जानकारी अध्यक्ष श्री रामकुमार अधिकारीबाट प्राप्त भएको छ ।
ताजा समाचार
सामान्य अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब ६८ करोडको कारोबार
काठमाडौँ । साताको पाचौं अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ को विन्दुमा कायम भएको छ । आज...
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाको कुल खर्च १२.९४ प्रतिशत पुगेको छ। विनियोजित...
बिहीबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डल...
नेप्सेमा ४.९८ अंकको गिरावट, ३ अर्ब ७७ करोडको झर्यो कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४.९८ अंकले घटेर २५६१.०८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३८ कम...
क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन
काठमाडौं। सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ...
बुधबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डल...


