आर्थिक खबर
चालु आवको तीन महिनामा आयात-निर्यात दुवैमा सुधार, १२.२ प्रतिशतले बढ्यो व्यापार घाटा
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात तथा निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामायस वर्ष निर्यात ८९.६ प्रतिशत र आयात १९.८ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको तीन महिनामा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।
यस अवधिमा भारततर्फको निर्यात १३६.९ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ३.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस्तै समीक्षा अवधिमा चीनतर्फको निर्यातमा उल्लेख्य कमी देखिएको छ । भारतबाट आयात हुने वस्तुमा ७.५ प्रतिशत, चीनबाट आयात हुने वस्तुमा ३३.४ प्रतिशत र अन्य मुलुकबाट आयात हुने वस्तुमा ४६.५ प्रतिशतले वृद्धि देखिएको छ । त्यसैगरी व्यापार घाटा भने १२.२ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा व्यापार घाटा ४ प्रतिशतले घटेको थियो। वस्तुको निर्यात–आयात अनुपात अघिल्लो वर्ष ९.८ प्रतिशत रहेकोमा यस वर्ष १५.५ प्रतिशत पुगेको छ ।
ताजा समाचार
मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु
काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । खानी तथा भू...
एसवाई प्यानलको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौँ । एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणका लाग...
मंसिर महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कसले कति घटाए ?
काठमाडौँ । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । प्रकाशित सूचना अनुसार २० मध्...
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सु...
जेनजी आन्दोलनका क्रममा महानगरमा मात्रै १ अर्ब बराबरको क्षति
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित झण्डै १ अर्ब रुपैयाँ बराबरको क...
आइतबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...


