बिहिबार, ०१ असोज २०८३
नेपाली

आर्थिक खबर

Main News Image

अब ऋण लिन बैंक नचाहिने, व्यक्ति-व्यक्ति बीच विधिवत कर्जा लेनदेनलाई व्यवहारमा उतार्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज आर्थिक वर्ष २०८३र८४ को २५औँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । यस वर्षको मौद्रिक नीतिले ७ प्रतिशतको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी डिजिटल वित्तीय उपकरण र नियमनकारी सरलीकरणमा विशेष जोड दिएको छ ।

यस पटकको मौद्रिक नीतिको सबैभन्दा महत्त्वपूर्ण र नवीन पक्ष व्यक्तिगत क्रेडिट स्कोरिङ पीयर टू पीयर’ लेनदेन प्रणालीको अध्ययन सुरु गर्ने घोषणा हो । राष्ट्र बैंकले अब व्यक्ति(व्यक्ति बीच प्रत्यक्ष रूपमा कर्जा लेनदेन गर्न सकिने प्लेटफर्मको विकासका लागि विस्तृत अध्ययन अघि बढाउने भएको छ । अर्थात् पीटुपी प्लेटफर्म बनेपछि ऋण लिन बैंक नै अनिवार्य रूपमा चाहिँदैन ।

पीटुपी लेन्डिङ विशेष गरी ‘व्यक्तिगत क्रेडिट स्कोरिङ’ मा आधारित हुनेछ । क्रेडिट स्कोरिङका आधारमा ऋण लिने व्यक्तिको भुक्तानी क्षमता र जोखिम मापन गरिने हुनाले वित्तीय कारोबार थप व्यवस्थित र सुरक्षित हुने बैंकको विश्वास छ । यो व्यवस्था कार्यान्वयनमा आएमा परम्परागत बैंकभन्दा बाहिर रहेका व्यक्तिहरूले पनि सहजै कर्जा आदानप्रदान गर्न सक्नेछन्, जसले वित्तीय पहुँच र डिजिटलाइजेसनमा नयाँ युगको सुरुवात गर्नेछ ।

पीटुपी लेन्डिङ एउटा आधुनिक वित्तीय प्रणाली हो जहाँ ऋण दिने र लिने व्यक्ति सिधै एक(अर्कासँग सिधै जोडिन्छन् । यसमा परम्परागत बैंक वा वित्तीय संस्थाको मध्यस्थता आवश्यक पर्दैन ।


५ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा, ३ वर्षसम्म सार्वजनिक खरिदमा भाग लिन...

काठमाडौँ । सरकारले काममा ढिलासुस्ती र लापरवाही गर्ने पाँचवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्...

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पै...

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ १५२ रुपैयाँ नाघ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तय गरेको नयाँ दररेट अनुसार अमेरिकी ड...

बढ्यो सुनचाँदीको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सु...

अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए, अमेरिकी डलरको मूल्य घट्दा

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही...

नेपाल टेलिकम बिलिङ भ्रष्टाचार मुद्दा : प्रबन्ध निर्देशक पौडेलसहित सबैले पाए सफाइ

काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा अनियमितता भएको भनी दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै प्रतिवादीहरूलाई सफा...