आर्थिक खबर
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घटयो
काठमाडौँ । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा अडिएको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन बुधबार सेयर बजारमा ३०.०९ अंकले गिरावट आएको थियो। सो दिन ४ अर्ब ८२ करोड मूल्य बराबरको कारोबार भएको थियो ।
यसदिन ३६१ वटा स्क्रिप्सको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४२ वटा स्टक्सको मूल्य बढ्दा २२९ वटाको घट्यो । ६ वटा स्टक्सको मूल्य स्थिर रह्यो ।
उपकार लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १२.६८ प्रतिशतले बढ्दा स्नो रिभर्सको सेयर ११.७६ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लि डिवेन्चर २०८६र८७ शीर्षस्थानमा रह्यो। सो बैंकले ३५ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो ।
ताजा समाचार
ढल्केबर-हेटौंडा ४०० केभी प्रसारण लाइनको १२ वर्षे अवरोध हट्यो
काठमाडौF । सरकारले विगत १२ वर्षदेखि विभिन्न प्राविधिक तथा कानुनी कारणले रोकिएको ढल्केबर हेटौंडा ४०० केभी उच्च भोल्टेज प्रसारण लाइन निर्माणको मुख्य...
खसीको मासुमा मनपरी भाउ बढाएपछि सरकारको चासो, अधिकतम मूल्यको सीमा तोक्ने तयारी
काठमाडौँ । बजारमा खसीको मासुको भाउ अचाक्ली बढाएपछि सरकारले मूल्यको सीमा तोक्ने तयारी थालेको छ । पछिल्लो केही समयदेखि काठमाडौँमा खसीको मासुको मूल्य...
एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख...
भेरी-बबई आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने : १३२ केभी प्रसारण लाइन नि...
सुर्खेत। राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु...
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
कास्की । कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती...
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउण्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दररेट अनुस...


