समाज/संस्कृति
तामाकोसी बस दुर्घटनामा दुई बालकसहित तीन जना अझै बेपत्ता, प्रहरीले जारी गर्यो हुलिया
काठमाण्डौँ । रामेछापको मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोसी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरूको फोटोसहितको हुलिया सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गर्न सर्वसाधारण र सम्बन्धित निकायसँग अपिल गरेको छ ।
पारिवारिक स्रोतका अनुसार बेपत्ता हुनेमा मन्थली–२ की मृतक तारा तामाङका ९ वर्षीय छोरा क्रिशन तामाङ, लिखु तामाकोसी–७ का ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड–६ का २४ वर्षीय विशाल सुनुवार रहेका छन्। नदी क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रूपमा खोजी जारी राखे पनि हालसम्म उनीहरू फेला पर्न सकेका छैनन् ।
मंगलबार बिहान करिब १०स्४० बजे काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बाप्र ००१–०५ ख ९९७५ नम्बरको बस बेनीघाट नजिकै सडकबाट नदीमा खसेको थियो । दुर्घटनालगत्तै चालकसहित २० जनाको उद्धार गरी मन्थली अस्पताल पठाइएकोमा अस्पतालले १२ जनालाई मृत घोषणा गरेको थियो ।
अन्य घाइतेहरूको उपचार भइरहेको छ भने केहीको अवस्था अझै गम्भीर रहेको जनाइएको छ । प्रहरीले दुर्घटनाको कारणबारे सूक्ष्म अनुसन्धान गरिरहेको छ । बेपत्ता यात्रुहरूको खोजीका लागि गोताखोर र सशस्त्र प्रहरीको टोलीलाई पनि सक्रिय बनाइएको छ ।
ताजा समाचार
पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिब्र
काठमाडौँ । पशुपतिनाथमा यस वर्षको महाशिवरात्रीको तयारी तिब्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा मर्मत, सरसफाई र रंगरोगन गरि...
तामाकोसी बस दुर्घटना : प्रशासन-पीडितबीच ८ बुँदे सहमति, पोस्टमार्टम प्रक्रिया अघि...
रामेछाप । मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनापछि उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय रामेछा...
सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नाय...
रामेछापको बस दुर्घटना : मृतकको पोष्टमार्टम हुन सकेन
रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ स्थिति तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाको बुधबार बिहानसम्म पनि पोष्टमार्टम हुन सकेको...
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
काठमाडौँ । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तर्राष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्ज...
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो !
काठमाण्डौँ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी सीडीओ श्याम कृष्ण...


