आइतबार, २८ असार २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

डेडिकेटेड तथा ट्रकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानको पहल सकरात्मक

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र ठूला उद्योगहरूबीच लामो समयदेखि जारी डेडिकेटेड तथा ट्रकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानका लागि सरकारले चालेको पहललाई उद्योगीहरूले स्वागत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा उद्योगीहरूको टोलीले २०८२ ०७÷१७ गते प्रधानमन्त्री सुशिला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासहितका उच्च सरकारी अधिकारीहरूसँग छलफल गरेको थियो।

छलफलमा हालै नेपाल विद्युत प्राधिकरणले विवादित महसुल नतिरेको कारण २५ वटा उद्योगहरूको विद्युत् आपूर्ति कटौती गरेको विषय मुख्य एजेन्डा रहेको थियो। उद्योगी र सरकारबीचको उक्त छलफलमा मध्यमार्गी समाधान निकालिएको बताइएको छ।

छलफलमा सहमति अनुसार, उद्योगहरूले प्राधिकरणले तोकेको विवादित रकमको १÷२८ भाग धरौटीको रूपमा नेपाल विद्युत प्राधिकरणको धरौटी खातामा जम्मा गर्ने, नेपाल विद्युत प्राधिकरणले कटौती गरिएको विद्युत् आपूर्ति पुनः जडान गर्ने, र यसअघि गठन गरिएको पुनरावलोकन समितिलाई निरन्तरता दिई उद्योगहरूले दर्ता गरेका पुनरावलोकन निवेदनहरू कानून बमोजिम निक्र्यौल गर्ने निर्णय गरिएको छ।

रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

दोलखा । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको...

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको संख्या १८ जोडी

म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घल...

यी हुन् सधैँ जाम हुने दाउन्नेका वैकल्पिक मार्गहरु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएक...

नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार गृहमन्त्रीस...

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरि...

मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पश्चिमी भूभागमा आज र भोलि दुई दिन वर्षा र हिमपातको सम्भावना छ। देश...