शनिबार, २७ असार २०८३
नेपाली

सूचना-प्रविधि

Main News Image

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेका कारण मौसममा बदलाब आएको छ। सुदूरपश्चिमलगायत देशका पहाडी तथा हिमाली भूभागमा अहिले साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा देखिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानहरू तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भेगमा साधारणतया बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। विशेषगरी पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

काठमाडौँ । आइतबार बसेको मन्त्रिपरषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्...

आज देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज आइतबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो विशेषगरी हिमाली तथा पहाडी भू–भागमा...

धुलिखेल-खावा सडक भोलिदेखि १० दिन रातको समयमा बन्द हुने

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा सडक खण्डमा आइतबारदेखि राति सवारी आवागमन बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि साँझ ६ बजेबाट बि...

सर्वोच्चको आदेश- शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्नू

काठमाडौँ । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न सरकार एवं सरोकारवालाहरूका नाममा आदेश जारी गरेको छ । शैक्षिक सत्र सुरु न...

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

काठमाडौँ । कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । खेतमा गहुँ, मसुरोलगायत अन्नबाली पाकेर भ...

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसप...