सूचना-प्रविधि
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाण्डौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ ।
ताजा समाचार
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
बैतडी । मनसुन सक्रिय हुने समय नजिकिँदै जाँदा सम्भावित प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि बैतडीमा सशस्त्र प्रहरी बल नेपालले अस्थायी...
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातक...
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशभरको मौसममा फेरबदल आएको छ ।
जल तथा मौसम विज्ञान व...
अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
काठमाडौँ । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । सोमबार...
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ । यसका कारण देशका अ...
बिपी राजमार्गको खुर्कोट-भकुण्डेबेंसी खण्डमा राती सवारी चलाउन नपाईने
काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेंसी सडक खण्डमा राति ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी आ...
क्यानको महानिर्देशक पदका लागि २१ जनाको आवेदन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...


