शनिबार, २७ असार २०८३
नेपाली

सूचना-प्रविधि

Main News Image

यस्तो छ आजको मौसम : कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

काठमाण्डौँ । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । कोशी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भेग तथा कोशी प्रदेशका तराईमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेशमा आंशिक बदली हुनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहने छ ।


कतारमा भएको विस्फोटमा नेपाली घाइते

काठमाडौँ । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको भीषण विस्फोटमा परी नेपाली नागरिक पनि घाइते भएका छन् ।  उक्त घटनाम...

नवलपुर गैंडाकोटमा ईभी हाइस दुर्घटना, ८ जना घाइते

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा सोमबार राति ईभी हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। पोखराबाट...

मनसुन थप चार प्रदेशमा विस्तार, अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षे...

काठमाडौँ । नेपालमा यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ । औसत समयभन्दा छ दिन ढिलो गरी गत शुक्रबार कोशी प्रदेशबाट न...

अब राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौँ । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरू गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले हिजोद...

पश्चिमी न्युन चापीय रेखा र स्थानीय वायूको प्रभाव : यी ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जसको कारण देशक...

नारायणी नदीमा हाम फालेका वृद्धको सकुशल उद्धार

काठमाडौँ । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्...