सूचना-प्रविधि
देशका विभिन्न भागमा वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह
काठमाण्डौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी तराईका भागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।
कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। साथै मधेस प्रदेशसहित बाँकी हिमाली भागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।
ताजा समाचार
नेपालमा मनसुन आउन एक साता लाग्ने
काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केर...
पहाडी भेगमा बदली र वर्षा, मधेस र लुम्बिनीमा आगामी तीन दिन तातो लहर चल्ने
काठमाडौँ । मुलुकको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्...
तापक्रम वृद्धि र बदलीको दोहोरो असर : कतै वर्षा र हिमपात, कतै बढ्दो गर्मी
काठमाडौँ । मुलुकको पश्चिमी भूभागको उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा मौसम बद...
तराईमा ‘तातो दिन’ सँगै ४० डिग्रीसम्म तापक्रम पुग्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुधबारको मौसम पूर्वानुमान अनुसार देशभरको मौसममा निकै भिन्नता देखिने भएको छ । आज दिउँसो तराईका अधि...
मौसम पूर्वानुमान : तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना
काठमाडौँ । आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज...
मौसम पूर्वानुमान : पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज द...


